+
+

विवेकशील साझा युवा संगठनको राष्ट्रिय संयोजकमा युजन राजभण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते ११:२१

१४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको आङ्गिक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले संगठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको हो। युवा नेतृत्व विकासमा सक्रिय राजभण्डारी हाल काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् ।

पुनर्गठित युवा संगठनमा १४ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज गौतमले बताए। नयाँ सदस्यहरूमा सुमन भट्टराई, रामबाबु यादव, अहसन अन्सारी, ऋतु खड्का, प्रियंका कार्की, पूजा महतो, रोहन दंगाल, उपार्जुन चामलिङ, नविन बिष्ट, रविन भट्ट, आदित्य कर्ण, सागर बेलबासे लगायतका छन्।

संगठनका संयोजक युजन राजभण्डारीले संगठनलाई सशक्त बनाउन पोलिटिकल डिस्कोर्स, युथ बुट क्याम्प, र सिर्जनशील राजनीतिक अभियानहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनले प्रदेशस्तरीय भेलाहरूको आयोजना गरेर संगठनलाई विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?