+
+
Shares

विवेकशील साझा पार्टीको अपील : कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवेकशील साझा पार्टीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेको छ।
  • पार्टीले भदौ २३ गतेको घटनामा संलग्न सुरक्षाकर्मी, कमाण्डरहरू, तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाहीको माग गरेको छ।
  • पार्टीले सार्वजनिक सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै दोषी पहिचान र कारबाहीको अपिल गरेको छ।

२६ भदौ,काठमाडौँ- विवेकशील साझा पार्टीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेको छ । पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै कार्की निष्कलंक, इमानदार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध व्यक्ति भएको बताएको छ ।
पार्टीले भदौ २३ गतेको घटनामा संलग्न सुरक्षाकर्मी, तिनका कमाण्डरहरू, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत सम्बन्धित व्यक्तिहरूलाई कारबाहीको माग गर्दै उच्चस्तरीय छानबिन आयोग गठनको अपिल गरेको छ।
त्यस्तै, भदौ २४ गते मुलुकका प्रमुख राजकीय कार्यालयहरू, सञ्चार प्रतिष्ठानहरू र सार्वजनिक सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति पनि चिन्ता व्यक्त गर्दै दोषी पहिचान र कारबाहीको माग गरिएको छ। आन्दोलनपछिका दिनहरूमा जेलबाट योजनाबद्ध रूपमा भागेका १३ हजारभन्दा बढी अपराधीलाई पुनः पक्राउ गर्न विशेष संयन्त्र आवश्यक रहेको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?