
२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले कार्यवाहक महासचिवमा समुन्द्र केसीलाई तोकेको छ ।
पार्टीको महासचिव रन्जु दर्शनाले अमेरिकाको भ्रमणमा रहने भएकाले पार्टीका सचिव समुन्द्र केसीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो ।
पार्टी विधान २०७९ को प्रावधानअनुसार दर्शना भदौ २ गतेदेखि असोज १५ गतेसम्म अनुपस्थित रहने हुँदा यो अवधिमा महासचिवको सम्पूर्ण जिम्मेवारी के.सीले निर्वाह गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।
दर्शनाले पार्टीको नाममा सोमबार जारी गरेको पत्रमा भनिएको छ, ‘म महासचिव रन्जु दर्शना २०८२ साल भदौ २ गतेदेखि असोज १५ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने भएकाले सो अवधिसम्मका लागि कार्यवाहक महासचिवको जिम्मेवारी सचिव समुन्द्र के.सीलाई हस्तान्तरण गर्दछु ।’
कार्यवाहक महासचिवमा तोकिएका समुन्द्र के.सी पार्टीभित्र सचिव पदमा रहेर सांगठनिक कार्यमा सक्रिय रहँदै आएका नेता हुन् । के.सी पार्टीको विदेश विभाग प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया 4