Comments Add Comment

शिल्पा मास्के

List Grid
फिल्म नचल्दा हच्किइन् शिल्पा

चलचित्र क्षेत्रलाई राम्रैसँग प्रवेश गरेकी नायिका हुन्, शिल्पा मास्के । उनको कुरा गराइले पनि उनी यो क्षेत्रप्रति र आफ्नो कामप्रति गम्भिर रहेको वुझ्न सकिन्छ । तर, शिल्पा अभिनित ३ वटा चलचित्र नै नचल्दा उनलाई समस्या परेको छ । यो समस्याले उनको करिअरमा पनि असर गरेको छ । चलचित्र ‘सानो मन’ समेत असफल भएपछि उनले चलचित्र […]

शिल्पाको ‘व्याडलक’: ‘फ्लप फिल्मको ह्याट्रिक’

चलचित्र ‘दि ब्रेकअप’ रिलिजको समयमा नायिका शिल्पा मास्केको खुबै चर्चा थियो । हलिउड चलचित्रमा समेत काम गरिसकेकी शिल्पाले पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाइन् । तर, व्यापारिक रुपमा भने चलचित्र असफल रह्यो । हेमराज वीसीको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पाले आशिरमान देशराज जोशीसँग जोडी बाधेकी थिइन् । रिलिज पूर्व निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यो चलचित्रले […]

शिल्पा भन्छिन्–‘नेपाली फिल्ममा केही गर्छु भनेर नेपाल आएँ’

साउनको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को टिम मोफसल दौडमा छ । चलचित्रको टिमले पोखरा, चितवनका मिडियाकर्मीसँग अन्तरक्रिया गरेको छ । चलचित्रकी मुख्य नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी, निर्माता राजेन्द्र मानन्धर मोफसल दौडमा छन् । नायिका शिल्पा मास्केले आफूले लण्डनमा बसेर विदेशी चलचित्रमा पनि काम गरेको सुनाउँदै नेपाली चलचित्रमा केही गर्छु भनेर […]

शिल्पाको दाबी–‘दर्शकले रुचाउनु नै मेरो सफलता’

नायिका शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र नै व्यापारिक रुपमा असफल ठहरिए । डेब्यु चलचित्र ‘दि ब्रेकअप’ र दोस्रो चलचित्र ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई चलचित्र चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डे नायिका भैसक्ने थिइन् । व्यापारिक रुपमा चलचित्र असफल भएपनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । शिल्पा सोही कुरालाई […]

शिल्पा र साराको एउटै समस्या

शिल्पा मास्के चलचित्र क्षेत्र राम्रैसँग वुझेकी नायिका हुन् । चलचित्रमा टिकटक र युटुबमा भाइरल भएका व्यक्तिहरुलाई खेलाएर कलाकारिताको अपमान भएको भन्दै उनले दिएको बयान चर्चामा छ । नायिका शिल्पा मास्केको कुरा सुन्दा उनी चलचित्र क्षेत्रलाई राम्रोसँग वुझेकी छिन् भन्ने लाग्छ । तर, शिल्पालाई चलचित्र हिट नहुँदा समस्या भएको छ । उनले अभिनय गरेका २ वटा […]

आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक […]

थाइल्याण्डमा शिल्पासँग रोमान्टिक आयुष्मान

चलचित्र ‘सानो मन’को छायांकन अहिले थाइल्याण्डमा भैरहेको छ । थाइल्याण्डको राजधानी बैंककमा छायांकन भइरहेको चलचित्रको शिर्ष गीत र केही दृष्यहरु त्यहाँ खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । उनले भने–‘हामीले गीतको आधा भाग पतायाको समुन्द्री किनारमा […]

‘सानो मन’को महंगो सेटमा शिल्पा र आयुष्मानको छमछमी

चलचित्र ‘सानो मन’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा समावेश एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले कोरियोग्राफी गरेका छन् । रोमन बज्रचार्य, सुयोग गुरुङ र सिमा राइको स्वरमा समावेश ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रमा मुख्य कलाकारहरु आयुष्मान देशराज जोशी र शिल्पा मास्केको नृत्य हेर्न सकिन्छ । साजन बलिउडका चर्चित नायक सलमान खान […]

शिल्पाको २१ बर्षमा प्रेम, २२ बर्षमा ब्रेकअप

नायिका शिल्पा मास्केले अभिनय गरेको दोश्रो चलचित्र ‘कागजपत्र’ अहिले हलमा रिलिज भैरहेको छ । चलचित्रको व्यापार सन्तोषजनक छैन । तर, शिल्पाको कामलाई भने दर्शकले रुचाएका छन् । नायिका शिल्पा मास्के चलचित्र क्षेत्रको बारेमा स्पष्ट बोल्न सक्छिन् । कमै मात्र नायिकाले यस्तो खालको हिम्मत गर्न सक्छन् । शिल्पा आफू एकदमै साधारण यूवती भएको बताउँछिन् । शिल्पालाई […]

नेपाली फिल्ममा निकै लापरवाही छः शिल्पा मास्के(भिडियो कुराकानी)

हलिउड, बलिउड सिनेमाको अनुभव संगाल्दै नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा मास्के नेपाली चलचित्रको केही कुराबाट खुशी छिन् त केही कुराबाट दिक्क पनि । थोरै मात्र नायिका यस्ता हुन्छन्, जो यहाँको वास्तविकता खुलेर भन्न सक्छन् । शिल्पा त्यही सूचीमा पर्ने एक नायिका हुन् । लण्डनमा बसेर पढेकी शिल्पालाई ‘दि ब्रेकअप’ चलचित्रका लागि मुख्य नायिकामा अफर […]

शिल्पाको दाबीः फलोअर्स धेरै हुनेलाई फिल्म खेलाउँदा दर्शक भड्किए’

चलचित्र सफल हुनका लागि धेरै कुराले अर्थ राख्दछ । चलचित्र सफल हुनका लागि स्टार कलाकार लिएर मात्र पनि हुँदैन, अभिनय गर्न सक्ने र भूमिका अनुसार काम गर्ने कलाकार पनि चाहिन्छ । तर, अहिले टिकटकमा हिट भएका, फेसबुक र इन्स्टाग्राममा हिट भएका व्यक्तिलाई सहजै चलचित्रमा ल्याएर काम गराउने चलन पनि बढेको छ । फेसबुक र इन्स्टामा […]

‘दि ब्रेकअप’ ट्रेलरः आशिरमान र शिल्पाको रोमान्स र विछोड

चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रेम र ब्रेकअपको कुरा देखाइएको छ । ट्रेलरमा आशिरमानको ब्रेकअपपछि शिल्पासँग सुरु भएको प्रेम कथालाई अन्त्यमा ब्रेकअपसम्म पुगेको देखाइएको छ । ट्रेलरमा चलचित्रका […]

आयुष्मान र शिल्पाको ‘सानो मन’

‘सानो मन’ नामक चलचित्र निर्माण हुने भएको छ । म्यूजिकल लभस्टोरी कथामा यो चलचित्र निर्माण हुने भएको छ । यो चलचित्रको छायांकन माघको ७ गतेबाट सुरु हुँदैछ । यो चलचित्रमा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका छ । शिल्पाले यस अगाडि चलचित्र ‘कागजपत्र र द ब्रेकअप’मा काम गरिसकेकी छिन् । नायक […]

शिल्पाको फिल्मी यात्राः ‘लिलिबिली’मा चर्चा, ‘ब्रेकअप’मा सम्झौता, ‘कागजपत्र’मा अभिनय

मंगलबार काठमाण्डौको क्यूज हलमा एक चलचित्रको घोषणा भयो, ‘कागजपत्र’ । यो चलचित्रलाई ‘झुम्की’ निर्देशन गरेर असफल भएका निर्देशक अपिल बिष्टले निर्देशन गर्दैछन् । समाजमा हुने गरेको घटनालाई रमाइलो तरिकाले यो चलचित्रमा प्रस्तुत गरिने कार्यक्रममा जानकारी दिइयो । यो चलचित्रमा भोलाराज सापकोटा, नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, निरज सिंह बिष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य […]

रोहितको ‘ब्रेकअप’मा आशिरमानकी हिरोइन शिल्पा

अन्ततः निर्माता रोहित अधिकारीले आफ्नो नयाँ चलचित्र ‘ब्रेकअप’का लागि नायिका फाइनल गरेका छन् । केही समयदेखि रोहित यो चलचित्रका लागि नायिकाको खोजीमा थिए । हेमराज वीसीले निर्देशन गर्न लागेको यो चलचित्रमा नायक आशिरमान देशराज पहिले नै फाइनल भैसकेका छन् । आशिरमानको चर्को पारिश्रमिकका कारण पनि सुरुवातदेखि नै यो चलचित्र चर्चामा थियो । अब, रोहितले आशिरमानको […]