Comments Add Comment

सुहाना थापा

List Grid
अमेरिकामा खुलेकी सुहाना

नायिका सुहाना थापा अमेरिकामा छिन् । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै अमेरिका पुगेकी हुन् । उसो त, सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् । नेपालमा कोभिडको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हानिएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको […]

२३ वर्षमा सुहाना, अमेरिकामा मनाइन् जन्मदिन

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । तर, नायिका सुहाना थापाले आफ्नो जन्मदिन भने अमेरिकामा सेलिब्रेशन गरेकी छिन् । सुहाना आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा केही दिन अगाडि मात्र अमेरिका उडेकी थिइन् । अमेरिका पुगेपछि उनले सुनिल र झरनाको […]

सुहानाको होली

आज फागू पूर्णिमा अर्थात होली पर्व । पहाडी भूभागमा आज होली मनाइएतापनि भोली मधेसका विभिन्न जिल्लामा होली मनाइदैछ । नेपाल सरकारले कोरोनाको जोखिम फेरि बढेको भन्दै होली परिवारसँग मात्र मनाउन आग्रह गरेकाले पनि यसपटक नेपाली चलचित्रका कलाकारहरुले होलीमा ठूलो चहलपहल गर्न पाएनन् । अघिल्ला बर्षमा होलीको समयमा चलचित्रको प्रमोशनका लागि विभिन्न कार्यक्रममा दौडधुप गर्ने कलाकारहरुले […]

सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

नायिका सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन । तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन […]

अनमोल–सुहानाको स्टाइल

पहिलो चलचित्रबाट नै कुनै पनि जोडी हिट हुन र दर्शकको मनमा बस्न सहज छैन । कतिपय जोडीहरुले केही चलचित्रमा काम गरेपनि दर्शकले खासै रुचाएको पाइदैन । तर, नायक अनमोल केसी र नायिका सुहाना थापा भने यो कुरामा भाग्यमानी हुन् । किनकी, उनीहरुले पहिलो पटक चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरे । दर्शकले पहिलो चलचित्रबाट […]

सिंहदरबार अगाडि अनमोल र सुहानाको डान्स(फोटो फिचरसहित)

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । तेश्रो चरणको छायांकन बिहिबारदेखि सुरु भएको हो । बिहिबार काठमाण्डौमा चलचित्रको छायांकन भयो । चलचित्रको काठमाण्डौको छायांकन सकेर यसको निर्माण यूनिट डोल्पा लागेको छ । डोल्पामा रहेको शे–फोक्सुन्डो तालमा चलचित्रको एक गीतको छायांकन हुनेछ । चलचित्रको छायांकन लकडाउन अगाडि नै सुरु भएको हो । तर, […]

‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि अमेरिका पुगिन् सुहाना

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि नायिका सुहाना थापा, आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा अमेरिका पुगेकी छिन् । केही दिन अगाडि अमेरिका पुगेकी सुहाना केही समय उतै रहने वुझिएको छ । सुहानाको अध्यन र पारिवारिक घुमघामको सिलसिलामा थापा परिवार अमेरिका पुगेको हो । केही बर्ष अगाडि नै झरना थापाले अमेरिकाको ग्रिन […]

‘ए मेरो हजुर ४’मा ३ फरक गेटअपमा अनमोल

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी […]

आर्यनको जोडी बन्न तयार होलिन् त सुहाना ?

नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’पछि नै चर्चामा रहेकी सुहानाले होम प्रोडक्शन भन्दा बाहिरको चलचित्रमा काम गरेकी छैनन् । तर, सुहानालाई चलचित्रको अफर भने आइरहेको छ । शनिबार घोषणा भएको चलचित्र ‘डिसेम्बर फल्स’बाट पनि सुहानालाई अफर गएको वुझिएको छ । नायक आर्यन सिग्देलको […]

युटुबमा रिलिज भयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल […]

दशैंमा सुहाना

नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । साथै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् । कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका थिए । […]

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स

यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो । यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल […]

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए । उनले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, […]

किन सुरु भएन ‘ए मेरो हजुर ४’को छायांकन ?

केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको छायांकन सुरु गर्ने बताएका थिए । सरकारले छायांकनका लागि अनुमति नदिदै उनले शुक्रबारदेखि काम सुरु गर्ने बताएका थिए । चलचित्र छायांकनका लागि सबै तयारी पुरा भएको भन्दै उनले करिब १५ दिन काम गर्न पाएको खण्डमा छायांकन सकिने बताएका थिए । तर, शुक्रबारदेखि छायांकन […]

भावनासँग प्रेम गर्ने सुहाना

चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको दशैंमा रिलिज नहुने पक्का भइसकेको छ । चलचित्र हल कहिलेदेखि खुल्छ भन्ने यकिन नहुनु, चलचित्रको बाँकी छायांकन सुरु गर्न नसक्नु आदि कारणले गर्दा दशैंमा दर्शकमाझ आउने नायिका सुहाना थापाको चहाना पनि पूरा हुन पाएन । नायिका सुहाना थापा भने आफ्नो दोश्रो काम दर्शकलाई चाँडोभन्दा चाँडो देखाउन पाइयोस् भन्ने […]

अनमोल–सुहानाको ‘ए मेरो एजुर ४’ दशैंमा रिलिज नहुने

यो वर्षको दशैंमा नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज गर्ने तयारीमा थिए निर्माता सुनिल कुमार थापा । चलचित्रको ३० प्रतिशतभन्दा बढी छायाङ्कन पनि सकिएको थियो । तर चलचित्रको छायाङ्कन चलिरहेको समयमा लकडाउन भएपछि सबै काम रोकियो । यो वर्षको दशैंमा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’ रिलिज […]

राधाकृष्ण मन्दिरमा सुहानाको बर्थ डे

नायिका सुहाना थापाले शुक्रबार आफ्नो जन्मदिन मनाइन् । नायिका थापाले आफ्नो जन्मदिन ‘भगवान कृष्ण’को मन्दिरमा पुगेर मनाएकी हुन् । काठमाडौंको बुढानीलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा अवस्थित इस्कोन नेपालमा रहेका ७५ वटा गाईलाई उनले जन्मदिनको अवसरमा खानेकुरा समेत खुवाइन् । नायिका थापा भगवान श्रीकृष्णको ठूलो भक्त हुन् । शाहाकारी यी नायिकाले जन्मदिनमा कृष्ण मन्दिरमा आउन पाउँदा निकै […]

२३ वर्षमा प्रवेश गरिन् सुहाना

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन्, नायिका सुहाना थापा । ‘गुडिया रानी’ सुहानाको आज जन्मदिन हो । आजबाट २३ वर्षमा प्रवेश गरेकी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् । नायिका सुहाना चलचित्र ‘ए मेरो हजुर-३’बाट चलचित्र क्षेत्रमा भित्रिएकी हुन् । उनले एउटा मात्र चलचित्रमा अभिनय गरेपनि करिअरको […]

हरेक दिन कसलाई प्रेम गर्न चाहन्छिन् सुहाना ?

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिन पुग्यो । अहिले नायिका सुहाना थापा घरमै छिन् । विगत एक महिना भन्दा लामो समयदेखिको लकडाउनका कारण उनको दैनिकी फेरिएको छ । अहिले सुहाना आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । साथै, चलचित्रलाई थप उत्कृष्ट बनाउनका लागि अझै केही गर्न सकिन्छ कि भनेर […]

‘ए मेरो हजुर ४’को सेटमा अनमोल र सुहानाको होली

नायक अनमोल केसी र नायिका सुहाना थापा यतिबेला चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकन काठमाण्डौ बाहिर धमाधम चलिरहेको छ । निर्माता संघले कोरोनाको कारण छायांकन रोक्न गरेको आग्रहलाई यो चलचित्रको टिमले वेवास्ता गरेको छ । चलचित्रको छायांकन सेटमा यसका कलाकार तथा प्राविधिकले होली खेलेका छन् । होलीको रंगमा नायक अनमोल […]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को छायांकन सुरु

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो । चलचित्रका कलाकारले क्यामेरा पूजा गरे । चलचित्रको […]