+
+
Shares

लोक स्वादमा ‘निम्तो सुपारी’, प्रकाश सपुत र सुहाना थापाको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ।
  • गीतमा सत्य र मेलिना राईको गायन, सुरेन्द्र रानाको शब्द रचना र रामजी लामिछानेको नृत्य निर्देशन छ।
  • फिल्म ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ र यसमा किशोर भण्डारी, ज्याक श्रेष्ठ लगायतको अभिनय छ।

काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ । सत्य-स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको गायन छ ।

सुरेन्द्र रानाको शब्द रचना छ । गीतमा कलाकार प्रकाश सपुत, सुहाना थापा जोडीको रुपमा देखिएका छन् । सौगात मल्ल र सिर्जना अधिकारीलाई पनि जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

उनीहरूको केमेस्ट्रीले गीतलाई अझै आकर्षक तुल्याउन सक्छ । ग्रामिण परिवेशमा छायांकन गरिएको गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

यसअघि यो फिल्मको ‘उडि जाऊँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ चर्चा पाएको थियो । गुरुप्रसाद मैनालीको पुस्तक ‘परालको आगो’बाट प्रेरित फिल्ममा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मञ्जिल बानियाँको पनि अभिनय छ ।

फिल्मलाई हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन् । फिल्म ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?