News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट सांसद उम्मेदवार छन् तर निर्वाचन आयोगले सांसदको सूची सार्वजनिक गरेको छैन।
- निर्वाचन आयोगले दलहरूलाई शनिबारसम्म मतको आधारमा सांसदको सूची पठाउन म्याद दिएको छ र सपुतको नाम दलित क्लस्टरको दोस्रो स्थानमा छ।
- समानुपातिक सांसदको अन्योलबीच प्रकाश सपुतले ३१ मार्चमा आयरल्यान्डमा आयोजना हुने चैते दशैं मेलामा प्रस्तुति दिने घोषणा गरेका छन्।
काठमाडौँ । १५ जनवरीको फेसबुक पोस्टमा गायक तथा अभिनेता प्रकाश सपुतले लेखेका थिए- ‘सम्भवतः यो वर्षका लागि यति नै । बरु त्यसपछि आउने समय (१२ देखि २१) को यात्रा फरक भूमिका र जिम्मेवारीको यात्रा हुनसक्छ ।’
फरक र जिम्मेवारीको यात्राको रुपमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुने राजनीतिक करिअरतर्फ संकेत गरेका हुन् । उक्त दलको समानुपातिक सूचीबाट उनी उम्मेदवार छन् ।
तर, समानुपातिक सांसदको रुपमा उनी छनोट हुन्छन् या हुँदैनन्, यो कुरा भने निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन । आयोगले प्राप्त मतको आधारमा सांसदको सूची पठाउन दलहरूलाई शनिबारसम्मको म्याद दिएको छ ।
उनको नाम दलित क्लस्टरतर्फ दोस्रो स्थानमा छ । यो अन्योलबीच प्रकाशले कन्सर्टमा फर्किन लागेको घोषणा गरेका छन् । ३१ मार्चमा आयरल्यान्डमा आयोजना हुने चैते दशैं मेलामा उनले प्रस्तुति दिने तय भएको छ ।
बागलुङ समाजको निम्तोमा आफूले पहिलोपटक आयरल्यान्डमा प्रस्तुति दिन लागेको उनले जनाएका छन् ।
समानुपातिक सांसदको यो अन्योलबीच प्रकाश सांगीतिक प्रस्तुतिका लागि विदेश हानिन लागेका हुन् । उनी रास्वपाको चुनावी अभियानमा पनि निकै सक्रिय थिए ।
दलले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने बाध्यता छ । गराउनै पर्ने बाध्यता छ । प्रत्यक्षमा रास्वपाबाट १३ जना महिला निर्वाचित छन् । समानुपातिकबाट ४८ जना महिला राख्नुपर्ने हुन्छ । पुरुषका लागि ९ सिट मात्रै बाँकी छ । यस्तोमा, सपुतको सम्भावना के हुन्छ भन्ने बारे निधो भैसकेको छैन ।
प्रतिक्रिया 4