+
+
Shares

‘लालीबजार’ का लागि प्रकाश सपुतले तयार पारे ‘मै राम्री छु त नि’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश १८ बैशाखदेखि सार्वजनिक गरिएको छ।
  • गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् र प्रकाश सपुतले शब्द तथा सङ्गीत दिएका छन्।
  • फिल्म आमा छोरीको कथामा आधारित छ र बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथालाई देखाइएको छ।

काठमाडौं । १८ बैशाख गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ ।

निर्माता कम्पनी षट्कोण आट्र्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् । कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको छ । गीतमा प्रकाश सपुतको शब्द र सङ्गीत छ ।

गीतमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतको नृत्यलाई प्रदीप लामाले निर्देशन गरेका हुन् ।

गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतलाई टिकटक, रिल्स, युट्युब शटसमा प्रयोग गर्न थालिएको छ ।

गीतको पूर्ण अंश भने हलमै हेर्न पाइने जनाइएको छ । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रशंसा गरिरहेका छन् ।

फिल्म आमा छोरीको कथामा आधारित छ भने बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथालाई ट्रेलरमा देखाइएको छ । छोरीको रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्म ट्रेलरमा देखाईएको छ । स्वस्तिमा आमाको भूमिकामा छिन् ।

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।

फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?