+
+
Shares

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको छ।
  • लामिछाने घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भइन् र बेहोस भएकी थिइन्।
  • उनीलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१२ वैशाख, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् ।

उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?