+
+
Shares

न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीबाट सुहाना स्नातकोत्तर उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुहाना थापा अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट परामर्श र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उत्तिर्ण भइन्।
  • उनका बुवा सुनिलकुमार थापाले छोरीको मनोविज्ञ बन्ने निर्णयमा खुसी व्यक्त गरेका छन् र शिक्षा र संस्कारलाई अमूल्य सम्पत्ति बताए।
  • सुहानाको दीक्षान्त समारोहमा उनकी आमा झरना पनि सहभागी भएकी छन् र उनीहरू भदौदेखि फिल्म ‘ए मेरो हजुर ५’मा ब्यस्त हुनेछन्।

काठमाडौं । अभिनेत्री सुहाना थापा परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण भएकी छन् । अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा उनी दीक्षित भइन् ।

उनका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले छोरी मनोविज्ञ बनेकोमा खुसी व्यक्त गरेका छन् । ‘एक बाबुको नाताले यो खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ’ उनले लेखेका छन्, ‘आजको दिन मेरो जीवनको अविष्मरणीय क्षण हो ।’

संस्कार र शिक्षा सन्तानलाई दिने सबैभन्दा अमूल्य सम्पत्ति भएको बताउँदै थापाले लेखेका छन्, ‘ बचपनदेखि देखिएको उसको समर्पण, मेहनत र धैर्य आज फलदायी बनेको देख्दा, एक बाबुको नाताले यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । मेरो विश्वास छ- शिक्षा र संस्कारको यो बाटो उसलाई अझ उचाइमा पुर्‍याओस् । सधैं गर्व गर्छु तिमीमाथि, छोरी । लभ यू प्रिन्सेस ।’

सुहानाको दीक्षान्त समरोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक, अभिनेत्री झरना पनि न्यूयोर्कमा छिन् । आमाछोरी शुक्रबार नेपाल आउँदैछन् ।

त्यसपछि उनीहरू भदौदेखि छायांकन तयारीमा रहेको होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’मा ब्यस्त हुनेछन् । यो फिल्ममा सुहाना लिड फिमेल हुनेछिन् । नयाँ एक्टरलाई लिड मेलको रुपमा डेब्यु गराउने तयारी रहेको निर्माता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?