Comments Add Comment

ह्वाइट हाउस

List Grid
अमेरिका-चीन तनावबीच ह्वाइट हाउस पुगे तिब्बती नेता

७ मंसिर, काठमाडौं । अमेरिका-चीनबीच जारी व्यापारिक तनावबीच तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार साङ्गेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका हुन् । तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले गरेको पछिल्लो ६ दशकमा यो पहिलो अमेरिकाको आधिकारिक भ्रमण हो । […]

फाउचीले राजनीति गर्न खोजेको ह्वाइट हाउसको आरोप

काठमाडौ‌ं । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीति गर्न खोजेको आरोप लगाएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचन आउनुभन्दा एक दिनअघि फाउचीले एक पत्रिकालाई दिएको अन्तर्वार्ताको विषयलाई लिएर ह्वाइट हाउसले यस्तो बताएको हो । फाउचीले वासिङटन पोस्टलाई दिएको अन्तर्वार्तामा अमेरिका कोरोना भाइरस -कोभिड-१९) बाट अहिले अमेरिका पूर्णरुपमा आहत भएको […]

ह्वाइट हाउस बाहिर गोली चल्यो

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए । करिब नौ […]

अमेरिकी राष्ट्रपति भवनलाई किन भनिन्छ ह्वाइट हाउस ? यस्तो छ इतिहास

जुनसुकै देशमा पनि राष्ट्रपतिको कार्यालय तथा आवास विशेष नहुने कुरै भएन । हामीकहाँ राष्ट्रपति भवनलाई शितल निवास भनिन्छ । त्यस्तै अमेरिकामा ह्वाइट हाउसको नामले चिनिन्छ । के अमेरिकी राष्ट्रपति भवनको रङ सेतो भएका कारण यसलाई ह्वाइट हाउस अर्थात् सेतो घर भनिएको हो त ? यो जिज्ञासा सबैलाई हुन सक्दछ । तर यथार्थ के हो भने […]

यसरी हुनेछ हृवाइट हाउसमा डोनाल्ड ट्रम्पको स्वागत

वासिङटनमा २० जनवरीको विहान ह्वाइट हाउसको पलङमा बाराक ओबामाले आँखा खोल्नेछन् । तर, जब रात पर्नेछ त्यो पलङमा ओबामा होइन, डोनाल्ड ट्रम्प सुत्नेछन् । दिनको ठिक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न सक्दैनन् । वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार नेतृत्व अदलबदल गर्ने प्रक्रियाका लागि […]

ओवामाको सात तस्वीर, जसले उनको हृवाइट हाउस बसाईको फरक दृश्य झल्काउँछ

आठ बर्षको उतार चढावले भरिएको कार्याकालपछि हिजोदेखि बराक ओवामाले अमेरिकी राष्ट्रपतिको पदबाट छुट्टी पाएका छन् । यसबीचमा बराक ओवामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपतिका अलावा एक महान वक्ता र पारिवारिक व्यक्तित्वको रुपमा आफ्नो पहिचान बलियो बनाए । हेर्नुहोस् सात तस्वीर, जसले उनको व्यक्तिगत र व्यवसायिक जीवन झल्काउनेछन् ।

ओबामालाई ह्वाइटहाउस अगाडि झुण्ड्याउनुपर्छ भन्ने यी को हुन् ?

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाको हत्या गर्नुपर्ने अभिव्यक्ति दिने एक व्यक्तिमाथि अमेरिकी सरकारले अनुसन्धान थालेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पका कामदार यस्तो अभिव्यक्ति दिएका थिए । एन्थोनी सेनेकालले आफ्नो फेसबुकमा लेखेका थिए, ‘हाम्रा सेनाले ओबामाको पहिलो कार्यकालमै दुश्मनको एजेन्ट मानेर गोली हान्नुपर्दथ्यो ।’ ८४ वर्षीय सेनेकालले […]