+
+
Shares

६ वटा द्वन्द्व रोकेका ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयोः ह्वाइट हाउस

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते ११:३६

१६ साउन, काठमाडौं । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्।

क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् ।

प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र पाकिस्तान, सर्बिया र कोसोभो तथा मिस्र र इथियोपियाबीचको संघर्ष अन्त्य गराएका छन्।’

उनले थपिन्, ‘यसको अर्थ, ट्रम्पले आफ्नो छैटौं महिना पूरा नहुँदै लगभग प्रत्येक महिनामा एउटा शान्ति सम्झौता वा युद्धविराम गराएका छन्। अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिइयोस्, समय आएको छ ।’

उनले विश्वव्यापी विरोधका बावजुद हजारौं सर्वसाधारणको हत्या भइरहेको गाजा युद्ध बारे भने कुनै प्रतिक्रिया दिइनन् । ट्रम्पले गाजामा इजरायलले युद्ध नरोके प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने चेतावनी दिइरहेका बेलायत र क्यानडालाई भन्सार शुल्क बढाउने धम्की दिइरहेका छन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?