Comments Add Comment

गौरव पोखरेल

लेखकबाट थप

List Grid
६०० स्थानीय तहमा दमकल छैन, डोजर चाहिं फालाफाल

२७ चैत, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा १८ फागुनमा आगलागी हुँदा ५८ घर जले । बिहान ९ बजे स्थानीय भोला पौडेलको घरमा विद्युत् ‘सर्ट’ भएर सल्किएको आगो क्षणभरमै बस्तीमा फैलियो । आगलागी नियन्त्रणका लागि जिल्लामा एउटा मात्रै दमकल थियो, सदरमुकाम फुङलिङ बजारमा । ‘फुङलिङबाट एक घन्टामा दमकल आइपुग्दा बस्तीभरि आगो फैलिनबाट रोक्न सक्ने […]

४० वर्षसम्म दुर्गाप्रसाद मात्रै हराएनन्, आमाको सपना पनि हरायो

११ चैत, इलाम । २०३७ सालमा एकतप्पाबाट हराउनुअघि दुर्गाप्रसाद तिम्सिना भन्ने गर्थे, ‘अब जमिन जोडेर घर बनाउनुपर्छ, काम गर्न जान्छु, फर्किएपछि सुख हुन्छ ।’ सोमबार इलामको माई नगरपालिका– १०, लुम्बाकमा भेटिंदा ८६ वर्षीया आमा धनमाया तिम्सिना ती पुराना कुरा सम्झिइरहेकी थिइन् । ‘त्यसबेला यही साइँलोको त भर थियो, तोरी बेच्न हिंडेको छोरो कहाँ हरायो, हरायो’, […]

दुर्गाप्रसादको अर्को पीडा : घरमा चारवटा चुल्हा छन्, सबैजसो बिरामी

९ चैत, इलाम । ‘होइन, यति लामो समय जेल बसेका अरु कोही मान्छे पनि होलान् ?’ माई नगरपालिका- ३, लुम्बाकमा दुर्गाप्रसाद तिम्सिनाको भुईँघर अगाडि उभिएर छिमेकी खगेन्द्र घिमिरेले सोधे । आफन्तसमेत रहेका राम सञ्जेलले जवाफ फर्काए, ‘गिनिज बुकमा त ३६ वर्ष जेल बसेको मान्छेको नाम रैछ, उहाँको त गिनिज बुकमै ट्राई गर्नुपर्छ कि क्या हो […]

दुर्गाप्रसादले भने : जेलको भन्दा घरको भात मीठो ! (भिडियोसहित)

९ चैत, इलाम । भारतीय जेलमा ४० वर्ष विताएर फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहान इलामको माई नगरपालिका–१०, लुम्बाकस्थित घर–आँगनमा हँसिलो देखिन्थे । प्लास्टिकको कुर्सीमा लगलग काम्दै बसेका उनको मुहार आइतबारभन्दा उज्यालो देखिएको थियो । अघिल्लो दिन बिहान कोलकाताको दमदम केन्द्रीय कारागारबाट छुटेर काँकरभिट्टा छेउ आइपुग्न लाग्दासम्म उनी झस्किरहेका थिए । उनलाई लागेको हुँदो हो, ‘कतै […]

४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिनँ ! फोक्से मासु लागेछ

८ चैत, इलाम । इलामको माई नगरपालिका–१०, लुम्बाकमा आइतबार दिउँसो बेग्लै उल्लास थियो । गाउँभरिका मानिस घिमिरे गोलाइमुन्तिर लामबद्ध भएर बसेका थिए । उनीहरुको सबैको चासो थियो, ४१ वर्षअघि हराएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कस्ता भएछन् ? भीडभन्दा केहीपर भुइँघरको दलानमा टुसुक्क बसेकी थिइन्, ८६ वर्षीया धनमाया तिम्सिना । उनी वेलावेला सडकतिर हेरिरहन्थिन्, फर्किएर पुरानै […]

भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले घर पुगेर भने – आमा !

८ चैत, इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । ८६ वर्षकी आमा धनमाया उनकै बाटो हेरिरहेकी थिइन् । भाइहरुको सहयोगमा घर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा पनि केही बोलेनन् । जेलबाट छुटेयता उनी कमै बोलेका छन् । आमालाई भेट्दा पनि उनी केही बोलेनन् । निकै डराएजस्तो […]

‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’

७ चैत, काठमाडौं । भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दीपकप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किनेछन् । उच्च अदालत, कोलकाताले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो । आदेशमा उनको स्वास्थ्य स्थितिबारे ६/६ महिनामा जानकारी गराउन पनि भनिएको छ । इलामस्थित घरबाट […]

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

२ चैत, काठमाडौं । शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल । ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो । वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम  केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे । दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे । झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा […]

जघन्य अपराधमा पनि विप्लव समूहले छुट पाउला ?

२६ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच शुक्रबार हस्ताक्षर भएको सम्झौता पत्रको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।’ यही बुँदामा टेकेर गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता छाड्न प्रहरी प्रधान […]

‘ओलीजीसँग सहकार्य हुन्न, संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबारे जनमत संग्रहमा जाऔं’

२३ फागुन, काठमाडौं । झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको छ । यो समूहलाई तीन बुँदे सहमति गराएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसाको राजनीति सकिएको बताएका छन् । हतियार र राजनीतिक विषयबारे सहमति पत्र स्पष्ट छैन । यो समूहले उठाएका एजेण्डा यथावत् छन् […]

विप्लवको शान्तिपूर्ण राजनीतिक यात्रा : साध्य कि साधन ?

२० फागुन, काठमाडौं । सरकारले २८ फागुन २०७५ मा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाउन गरेको निर्णय धेरैका लागि ‘सरप्राइज’ थियो । सुरक्षा निकायसँग समेत कुनै सुझाव नलिई प्रतिबन्ध लगाएको भनेर कतिपयले सरकारी निर्णयको विरोध पनि गरे । त्यसयता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले यो मामिलामा वार्ताबाट समाधान […]

सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

१८ फागुन, काठमाडौं । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए । नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार यो अवधि सिनियरको मातहतमा बसेर काम सिक्ने समय हो । तर, अर्घाखाँची घर भएका इन्स्पेक्टर पन्थीले यही अवधिमा अन्तर्राष्ट्रिय […]