Comments Add Comment

बसन्त रानाभाट

लेखकबाट थप

List Grid
आईसीयूमा एनआरएनए ! मिलनबिन्दु के त ?

बार्सिलोना। ‘एक जना माग्ने पानी,एकजना माग्ने घाम, म बुढो कतातिर जाम’ भनेजस्तै एनआरएनए अध्यक्ष कुमार पन्तलाई अहिले आफ्नै पद निल्नु न ओकल्नु बनेको छ। डा.बद्री केसी समूह र कुल आचार्य पक्षबीचको रस्साकस्सीमा फसेका अध्यक्ष पन्तले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन समयमा नै गर्न सकेनन्। अन्तिमसम्म उनको प्रयास जारी रहेपनि अन्तत महाधिवेशन स्थगित भयो। अक्टोबर […]

एनआरएनएको महाधिवेशन अनिश्चित, विवाद झन जटिल बन्दै

२३ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै होइन विवाद झनै जटिल मोडमा पुगेको हो । परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ […]

एनआरएनए महासचिवको प्रश्न : परराष्ट्रमा दैनिक सयौं उजुरी पर्छन्,कति दिन निर्वाचन रोक्ने ?

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. हेमराज शर्माले अझै पनि चुनाव हुने वा नहुनेबारे परराष्ट्र मन्त्रालयले अन्योलतामा राखेको बताएका छन्। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिंदै गर्दा चुनावी अन्यौलताबारे स्वयं महासचिव डा.शर्माले बोलेका हुन्। अध्यक्षका प्रत्यासी डा. बद्री केसीको उम्मेदवारी घोषणा सभालाई मंगलबार भर्चुअल रुपमा सम्बोधन गर्दै उनले परराष्ट्र मन्त्रालयको […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

१९ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा […]

स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे राष्ट्रपति भण्डारीको चासो   

बार्सिलोना । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिविधिबारे चासो व्यक्त गरेकी छिन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस सहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो व्यक्त गरेकी हुन्। लुम्बिनी गार्डेन फाउन्डेसनका पदाधिकारीहरुले बिहीबार शीतलनिवासमा भेटवार्ता गर्दै फाउन्डेसनका गतिविधिबारे राष्ट्रपति समक्ष जानकारी गराएका थिए । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो […]

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले […]

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट

बार्सिलोना । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्। सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

बार्सिलोना । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रसियाका डा. बद्री […]

एनआरएनए निर्वाचन : को-को छन् युरोप संयोजकको दौडमा ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी राष्ट्रहरुको संयोजक रहेको हुँदा पनि एनआरएनएको केन्द्रीय नेतृत्वसम्म हलचल मच्चाउन सक्ने पदको रुपमा युरोप क्षेत्रको संयोजकलाई हेरिँदै आएको हो। वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त नेतृत्वका लागि युरोप संयोजक नारायाणप्रसाद आचार्य फलामको […]

एनआरएनएमा राजनीतिक हस्तक्षेप भयो : कुमार पन्त

बार्सिलोना । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको बताएका छन् । उनले यसविरुद्व अदालत जाने चेतावानी समेत दिएका छन् । एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो । भदौ २५ […]

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

२८ भदौ, बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले […]

एनआरएन प्रतिनिधि विवाद : १९ बुँदे आरोपको सवाल जवाफ 

२७ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा महाधिवेशन प्रतिनिधि विवाद चुलिएको छ । संघको  सचिवालयले  १०औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरूको नामावली मंगलबार राति सार्वजनिक गरेपछि विवाद झनै चुलिएको हो। अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको आरोप लगाएको छ। आचार्य निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर […]