Comments Add Comment

रवीन्द्र घिमिरे

लेखकबाट थप

List Grid
खपत बढ्दा पनि घट्यो विद्युत प्राधिकरणको नाफा

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत […]

टेलिकममा आन्दोलन : एमडी अधिकारी ‘प्रवन्धक’मा फर्किने चिन्ता

८ साउन, काठमाडौं । ४ दिनदेखि नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित छन् । नेपाल टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा पनि उठाएका छन् । मंगलबार साँझ धर्नामा बसेका कर्मचारीले रातभर प्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यकक्षमै थुनेका थिए । […]

‘नियोजित ठेक्का’ले प्रतिस्पर्धा हरायो : बोलपत्रका शर्तबाटै थाहा हुन्छ ठेक्का कसलाई

निर्माण परियोजनामा बोलपत्र आह्वान गर्दा नै विशेष शर्त राखेर कुनै कम्पनीको मात्रै योग्यता पुग्ने अवस्था सिर्जना गर्नु सामान्य प्रचलन हुन थालेको छ । प्रतिस्पर्धा मारेर सरकारी कोषमा लुट मच्चाउने यो अपराधबाट सीमित राजनीतिज्ञ, कर्मचारी र ठेकेदारले असीमित लाभ उठाइरहेका छन् । 

माथिल्लो त्रिशुली थ्री ‘ए’को मर्मत सुस्त, प्राधिकरणलाई करौडौं नोक्सान

४ साउन, काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजना मर्मतमा चिनियाँ ठेकदारले अत्यधिक ढिलाइ गर्दा विद्युत प्राधिकरण करोडौं रुपैयाँ नोक्सान भएको छ । आयोजना मर्मतका लागि पहिलो युनिट बन्द गरेको ७५ दिनपछि शनिबारदेखि दुबै युनिट बन्द गरेर काम गरिएको छ । ६० मेगावाट क्षमताको यो आयोजनामा ३०-३० मेगावाटको दुई युनिट (टर्बाइन) छन् । एउटा […]

अन्योलमा सवारी लाइसेन्सको परीक्षा, साढे ४ लाख आवेदक अलपत्र

१ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको छ । विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो । तर, बन्द भएको लाइसेन्सको आवेदन दिने अनलाइन प्रणाली अहिलेसम्म खुलेको छैन । […]

तयारी नसकेको भन्दै चक्रपथ विस्तार शुरु गर्न चीनले मानेन

३१ असार, काठमाडौं । चीनले चक्रपथ विस्तार आयोजनामा तत्काल काम शुरु गर्न इन्कार गरेको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपछि चीनले सडक क्षेत्रबाट बिजुलीको पोल नहटाइएको भन्दै प्राविधिक तथा निर्माण टोली पठाउन इन्कार गरेको हो । चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवालका अनुसार चीनले महाराजगञ्ज-बसुन्धरा खण्डमा सार्न बाँकी पोलको […]

फागुनसम्म मेलम्चीको पानी फेरि काठमाडौं ल्याउन सकिन्छ

३० असार, काठमाडौं । सुरुङ सुपरीवेक्षणका लागि भन्दै दुई महिनाको लागि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अब सरकारले लिने निर्णयमा निर्भर हुने भएको छ । सरकारले समयमै उचित निर्णय लिएर कदम नचाले आयोजनाबाट फेरि काठमाडौंमा पानी ल्याउने मिति पछि सर्दै जाने अवस्था आउने छ । मेलम्ची खानेपानी विकास समितिले हालसालै बाढीग्रस्त मेलम्ची खानेपानी आयोजनाको […]

यथास्थितिमै अर्थतन्त्र, समस्याको थुप्रो अघि देउवा सरकार

३० असार, काठमाडौं । ४० महिनाअघि ‘विज्ञ अर्थमन्त्री’का रूपमा सत्तारोहण गरेका डा. युवराज खतिवडाले ८९ बुँदे श्वेतपत्र जारी गर्दै निष्कर्ष सुनाए, ‘देशको ढुकुटी लगभग रित्तो अवस्थामा छ ।’ श्वेतपत्रले देखाएका अर्थतन्त्रका अधिकांश अँध्यारा पाटालाई अर्थविद्हरूले तथ्यपरक भने पनि कांग्रेसले त्यतिबेलै ‘लालपत्र भन्दै’ खण्डन गरेको थियो । युवा अर्थशास्त्री विश्व पौडेल अर्थतन्त्रमा त्यतिबेला खतिवडाले देखाएका अधिकांश […]

वैदेशिक रोजगारीका तगारा : चर्को हवाई भाडा, महँगो क्वारेन्टिन र विभेदकारी खोप नीति

२९ असार, काठमाडौं । कोरोना महामारीका कारण कुनै एक क्षेत्र मात्रै प्रभावित भएको छैन । व्यापार व्यवसाय, शिक्षालय, यातायात, पर्यटन, उद्योग, कलकारखाना प्रभावित बनेका छन् । सबैभन्दा बढी प्रभावित बनेको क्षेत्रमध्ये हो, वैदेशिक रोजगारी । महामारीमा यातायात, प्रवेश अनुमति र श्रमिकको न्यून मागले प्रभावित बनेको वैदेशिक रोजगारी एअरलाइन्सहरूको मनलाग्दी हवाई भाडादर, गन्तव्य देशको क्वारेन्टिन तथा […]

उद्घाटनपछि परीक्षणमा तामाकोशी, उत्पादन अनियमित

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतीक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरे । प्रधानमन्त्रीले ७६ मेगावाटको युनिटबाट ७ मेगावाट बिजुली उत्पादन भइरहँदा आयोजनाको उद्घाटन गरेका थिए । तर, त्यसपछि आयोजना उत्पादन नियमित छैन ।  आयोजना परीक्षणमै रहेकाले उत्पादन अनियमित भएको हो । परीक्षण सुरु भएकै दिनमा आयोजना उद्घाटन गरिएकाले प्रारम्भिक तवरको समस्या […]

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]

नेपालीकै लगानीमा बन्यो देशकै ठूलो जलविद्युत परियोजना, परीक्षण थालेकै दिन उद्घाटन

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतीक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । आयोजनाको परीक्षणकाल शुरु भएकै दिन प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका हुन् । निर्माण शुरु भएको १२ वर्षपछि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो जलविद्युत परियोजनाको उद्घाटन गरिएको हो । यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । […]