Comments Add Comment

रवीन्द्र घिमिरे

लेखकबाट थप

List Grid
झ्याली पिटेर उठाइँदैछ कर, फोहोर चाहिं कहिले उठ्छ ?

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोल्टी मोडको प्लाटिनम होटलअघि झ्याइँ-झ्याइँ पञ्चेबाजा बजाउँदै नाचगान गर्‍यो । प्लाटिनम होटल रहेको भवनको सम्पत्ति कर नउठेपछि घरधनी नेपाल चेम्बर अफ कमर्शका नाममा ‘छिटो कर तिर्न’ आग्रह गर्दै सूचना पनि टाँस्यो, माइकिङ पनि गर्‍यो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भने सामाजिक संस्थाबाट समेत झ्याली पिटेर […]

महानगरहरूमा मनोमानी : कर उठाउन आनाकानी, चन्दा बाँड्न अग्रगामी

८ भदौ, काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामा १२ अर्ब बेरुजु छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर, काठमाडौं र पोखराले ४६ करोड बेरुजु थपे । महानगरपालिकहरुले बेरुजु मात्रै थपेका छैनन्, जनतासँग उठाएको करको दुरुपयोगको दर पनि बढाउँदै लगेको महालेखा परीक्षकको ५८ औं वार्षिक  प्रतिवेदनले देखाएको छ । ठूला करदातासँग उठाउनुपर्ने […]

समझदारीको अढाइ वर्षसम्म खुलेन नेपाली श्रमिकलाई जापानको ढोका

३ भदौ, काठमाडौं । जापान-नेपालबीच भएको श्रमिक आपूर्ति सम्बद्ध सहकार्यको समझदारी (एमओसी) कार्यान्वयनमा ढिलाइ भएको छ । २०७५ चैत ११ मा कामदार आपूर्तिबारे सरकारीस्तरमा भएको समझदारी कार्यान्वयनमा भएको ढिलाइले राम्रो गन्तब्यमा काम गर्न जाने थुप्रै नेपाली युवाको योजना पनि भत्किने अवस्था आएको छ । भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइने आशमा […]

काठमाडौंका घर र सडकमै थुप्रियो १६ हजार टन फोहोर

२ भदौ, काठमाडौं । बितेको १५ दिनदेखि काठमाडौं उपत्यका र आसपासका नगरपालिकाको फोहोर उठेको छैन । अझै कति दिन फोहोर उठ्दैन, यसै भन्न नसकिने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् । उनका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल)स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै […]

मेलम्चीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ- अब आयोजना एक्लैले सक्दैन

३१ साउन, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले अब काठमाडौंमा फेरि मेलम्चीको पानी ल्याउने कार्ययोजना कार्यान्वयन गर्न आफ्नो एकल प्रयासले मात्रै नसकिने बताएको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोजनाको पुनर्निर्माण गर्न विभिन्न सरकारी निकायले एकसाथ काम गर्नुपर्ने जानकारी नै गराएको छ । गत असार १ गते आएको बाढीले रुग्ण बनाएको मेलम्ची खानेपानी आयोजनाबारे प्रधानमन्त्री […]

रसुवागढी जलविद्युत् आयोजनामा लापरवाही

२९ साउन, काठमाडौं । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा बनिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही भएको छ । सन् २०१७ मै सकिने पर्ने आयोजनामा अहिले पनि निर्माणको काम लगभग ठप्पजस्तै छ । आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति र व्यवस्थापनको लापरवाही र हेलचेक्र्याइँ तथा काम नगर्ने […]

चुरे दोहन : एकाएक फेरिएको ओलीको बोली

२८ साउन, काठमाडौं । गत मंगलबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदको रोष्ट्रममा उभिएर गठबन्धन सरकारमाथि प्रश्नहरु वर्षाए । उनले सरकारमाथि आरोपहरु मात्रै लगाएनन्, आफैंले अध्यादेशबाट ल्याएको बजेटभित्रको विवादास्पद योजनालाई ‘सच्याउने’ र आफूलाई निर्दाेष देखाउने प्रयत्न पनि गरे । ‘ढुंगा, गिट्टी र बालुवा निकासी गरेर व्यापार घाटा घटाउने’ योजनाको चौतर्फी आलोचना हुँदा पनि सत्तामा रहुन्जेल […]

कुलमानको दोस्रो इनिङ्स : आफ्नै मानकलाई उछिन्नुपर्ने दबाब

२७ साउन, काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्यको अभियानको अगुवाई गरेर चर्चामा आएको नाम हो ‘कुलमान घिसिङ’ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकाएर भदौ २०७७ मा विदा भएका उनी ११ महिनापछि फेरि त्यही जिम्मेवारीमा फर्किएका छन् । अघिल्लो पटक ‘कुशलता’ जाँच्न प्राधिकरणको नेतृत्वमा आएका कुलमान अब्बल ठहरिँदै बाहिरिएका थिए । अहिले ‘कुशल […]

विपद्‍मा यसरी काम आउँछन् शहरका पोखरी (भिडियो)

२५ साउन, काठमाडौं । गत शनिबार बिहान बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा भएको आगलागी नियन्त्रण गर्नुपर्‍यो’ भन्दै सिम्रिक एयरमा फोन आयो । उद्योगमा लागेको भीषण आगो वारुणयन्त्रले मात्र नियन्त्रण गर्न नसक्ने देखिएपछि हेलिकप्टर कम्पनीसँग सहयोगको याचना गरिएको थियो । सिम्रिक एयरका कार्यकारी निर्देशक समेत रहेका क्याप्टेन सिद्धार्थजंग गुरुङ आफैं हेलिकप्टर लिएर बालाजुकै माछापोखरीको पानी […]

दल निकटका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ३८ करोड मात्रै, एकै वर्षमा घट्यो ८ अर्ब ३० करोड

२४ साउन, काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७/७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६/७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो । गत साउन १० गते ऊर्जा जलस्रोत तथा […]

काठमाडौं महानगरमा ‘दुःशासन’ : भत्ता, भ्रमण र सुविधाका लागि ९९ करोड

२२ साउन, काठमाडौं । निर्वाचित हुनासाथ कार्यपालिकाको  बैठकबाटै आफ्ना लागि ‘स्मार्ट फोन’ किन्न मोटो रकम छुट्याएपछि विवादमा आएका थिए काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु । त्यो विवाद सेलाउन नपाउँदै मेयर विद्यासुन्दर शाक्यका लागि नयाँ गाडी ल्याइएपछि जनप्रतिनिधिले काममा भन्दा सेवा सुविधामा बढी ध्यान दिएको भन्दै चर्को आलोचना भयो । तर, काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अहिलेसम्म आफ्नो सेवा सुविधामा […]