Comments Add Comment

रवीन्द्र घिमिरे

लेखकबाट थप

List Grid
समय् फल्चा : एउटा पुरानो तस्वीरले जोगायो दुई शताब्दी पुरानो सम्पदा

२४ भदौ, काठमाडौं । पुल्चोकका श्याम मलेगो, लक्ष्मी महर्जनसहितका स्थानीयबासीले २०५७ सालमा बनाउन खोजेको पुल्चोकस्थित ‘समय् फल्चा’ (पाटी) बिहीबार शिलान्यास भयो । विसं २०२९मा भत्किएको फल्चा पुनर्निर्माण सुरु गर्न २८ वर्षसम्म त कसैले चासो नै दिएनन्, पहल सुरु भएपछि थप २१ वर्ष कानुनी लडाइँ लड्नुपर्‍यो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ‘काका’हरुले सुरु गरेको पुनर्निर्माणको […]

बाढी आएको हो कि खोलानालाले आफ्नो क्षेत्र फिर्ता मागेको ?

२२ भदौ, काठमाडौं । सोमबार बिहानको भारी वर्षापछि काठमाडौं उपत्यकाका सबैजसो खोला-नदीमा ठूलो बाढी आयो । वाग्मती, विष्णुमती र मनोहराको भेल धेरै ठाउँमा करिडोर सडक नाघेर वस्तीभित्र पसे । वर्षायाममा नदी किनारका बस्ती डुबेको दृश्य काठमाडौंका लागि नौलो हैन । हरेक वर्षायाममा ठूलो पानी परेपछि काठमाडौंका विभिन्न भाग जलमग्न हुन थालेको वर्षौं भयो । राजधानीभित्र […]

पशुपतिको मूर्तिबाट १७३ तोला सुन हरायो, शवदाह मेसिन किन्दा मिलेमतो

२० भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिरसहित पाशुपत क्षेत्र व्यवस्थापनको जिम्मा पाएको ‘पशुपति क्षेत्र विकास कोष’भित्र बेथितिको चाङ थपिदै गएको छ । आफ्ना सम्पदा-सम्पत्तिको संरक्षण गर्न नसकिरहेको कोष उल्टै देवस्व हिनामिनामा लागेको देखिएको छ । पशुपति क्षेत्र विकास कोषले आफ्ना सम्पत्ति भाडामा लगाउँदा मिलेमतो गरेको तथ्य महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले पनि औंल्याएको छ । […]

उपभोक्ता समितिको ‘छद्म ठेकदारी’ : नियम मिचेर वार्षिक १५ अर्ब बढी खर्च

१८ भदौ, काठमाडौं । खर्च गरेको सरकारी सम्पत्तिको लेखा परीक्षण गराउनु नपर्ने, काम सकिएपछि विघटन हुने हुँदा कसैप्रति जवाफदेही हुनु नपर्ने उपभोक्ता समिति मार्फत विकासको नाममा मुलुकको ठूलो धनराशि कसरी दुरूपयोग भइरहेको छ ?

रोजगार कार्यक्रममा १७ अर्ब खर्च, प्रतिफल ५ प्रतिशत

१७ भदौ, काठमाडौं । रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको तीन वर्ष बित्यो । तर, पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा कार्यक्रमले हालसम्म ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ । कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल […]

गठबन्धन सरकारले अघि बढाउला बूढीगण्डकी ?

१७ भदौं, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा बूढीगण्डकी जलविद्युत आयोजनामा ८ अर्ब बजेट खर्च गर्दैछ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ । विनियोजित रकम भने निर्माण सुरु गर्न नभएर मुआब्जा तथा पुनर्स्थापना कार्यक्रममै खर्च हुने हो । लगानी सहितको निर्माणको लागि चाइना […]

पोल भाडामा घम्साघम्सी, इन्टरनेट सेवा प्रभावित हुने जोखिम 

१६ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको पोल भाडाबारेको विवाद चर्किंदै गएको छ । आफ्ना पोलबाट इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुसँग प्राधिकरण र टेलिकमले भाडा असुल्न ताकेता गरेका छन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरण र नेपाल टेलिकमले कठोर कदम […]

‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी

१५ भदौ, काठमाडौं । नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने भएको छ । ४ वैशाख, २०७६ मा अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला ‘नेपाली स्याट–१’ का साथै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो । सो नानो स्याटेलाइटको आयु यही अगष्ट २५मा सकिने […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]

‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

१५ भदौ, काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ । महालेखाको ५८औं वाषिर्क […]

तीन वर्षलाई भनिएको सिसडोलमा १६ वर्षसम्म लादिंदैछ फोहोर

१३ भदौ, काठमाडौं । भनिन्छ, संसारमा हरेक कुराको एउटा सीमा हुन्छ । तर, काठमाडौं उपत्यकाको फोहोर बोकेर बसेको नुवाकोटको ओखरपौवास्थित सिसडोलले सीमाभन्दा निकै ठूलो फोहोरकाे पहाड बोकिरहेको छ । तीन वर्षका लागि भनेर बनाइएको सिसडोलको ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोर लाद्ने काम हुँदा पनि व्यवस्थापकहरुले चासो दिएका छैनन् । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका […]

काठमाडौं : फोहोरै-फोहोरको शहर ! (भिडियो)

१० भदौ, काठमाडौं । नेपाली फिल्म ‘लुट’सँगै काठमाडौंबारे एउटा डाइलग हिट भयो, गिद्धैगिद्धको शहर ।’ आज भोलि भने काठमाडौं उपत्यका फोहोरै फोहोरको शहर जस्तो लाग्छ । जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक […]