OnlineKhabar.com

आधा मुटु भएका बालकलाई पौडीले बँचायो

२०७० भदौ २० गते ९:४७ मा प्रकाशित

जन्मिँदा केवल आधामात्र मुटु भएको मान्छे के बाँच्न सम्भव छ ? हामीकहाँ त कदापि छैन । तर बेलायतमा भने आधा मुटु लिएर जन्मेका एक बालकको स्वास्थ्यमा चामत्कारिक सुधार आयो र अहिले उनी लगभग स्वस्थ बनिसकेका छन् । जन्मिँदाखेरि नै डाक्टरहरुले बच्चा बाँच्ने सम्भावना केवल ५० प्रतिशत मात्र रहेको बताएका थिए । तर चिकित्सा विज्ञानलाई कडा चुनौति दिँदै उक्त बच्चाले आफ्नो मृत्युलाई पराजित गर्न सफल भएको छ । मृत्युसँगको लडाइँमा पौडी थेरापी उनको सारथी बनेको छ ।

1

बेलायतको बि्रगटनका ती बालकलाई जन्मिएको केही घण्टामै मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । तर जन्मिँदाबित्तिकै गरिने त्यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण हुने र बालक बाँच्ने सम्भावना निकै कम हुने डाक्टरहरुले बताएका थिए । उनको मुटुको शल्यक्रिया भयो, शल्यक्रिया पछि उनलाई खतरनाक हृदयाघात भयो र मुटुमा संक्रमण पनि भयो । उनको मुटुमा पटक पटक संक्रमण भएपछि उनलाई धेरैपटक अस्पतालमा भर्ना गर्नुपर्यो । एक वर्षसम्म मर्नु र बाँच्नु भएर बाँचेका ती बालकलाई जब उनकी आमाले पोखरीमा पौडि खेलाउन लगिन् तब उनको अवस्थामा नाटकिय सुधार भयो ।

ती बालककी आमा लुसी बुसबेले बच्चालाई नियमित रुपमा पोखरीमा लगेर पौडि खेलाउन थालेपछि ती बालकको स्वास्थ्य निकै सुधि्रयो । आफ्नो छोरा पानीमा बाँच्ने खालको रहेको लुसी बताउँछिन् । अहिले हरेक हप्ता छोरालाई पौडी खेलाउँछिन् उनी ।

अहिले आधा मुटु भएको त्यो बालक १७ महिनाको भैसकेको छ र ऊ हिँडन्, दौडिन, बोल्न तथा पौडिन समेत सक्छ । तर दौँडिदा भने उसलाई स्वास फेर्न निकै गाह्रो हुन्छ । पौडिँदा भने बालकलाई निकै सजिलो हुने आमा लुसी बताउँछिन् ।

ती बालकलाई हिप्लोब्लास्टिक लेफ्ट सिन्ड्रोम रोग लागेको छ । यो निकै दुर्लभ जन्मजात रोग लागेका मानिसको मुटुको बायाँ भेन्टि्रकलले रगत पम्प गर्न सक्दैन ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (९)
  • Hari Ram लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते १७:१३

    mom bless you.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [Reply]

  • anita लेख्नुहुन्छ    |   २०७० भदौ २७ गते १४:०४

    i wish god for your recovery.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

मन्त्रीका नातीले हतार हतार किन गरे घोडासँग बिहे ?

आफ्नो पाँच वर्षका छोराले आफ्नो बिहे घोडासँग गराइदिन माग गरेपछि उनका बाबुआमा तिनछक परे ।सुरुमा त केही सोँच्न पनि सकेनन्, लाजले भुतुक्क भए र...

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !

आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो...

एउटा छोराको चाहनामा गर्भाधारण गर्दा जन्मिए एकैचोटि ५ बच्चा

अस्ट्रेलियाको पर्थमा बस्ने एक महिलाले एकैचोटी ५ वटा बच्चा जन्माएकी छिन् ।  यसअघि दुइवटा छोरी जन्माइसकेकी २६ वर्षकी किम टुकी नामकी यी युवतीले छोराको...

२३ देशका दुकान भएको दुनियाको अनौठो गल्ली

दुनियामा केवल देशहरु मात्र होइन बजारहरु पनि बहुसांस्कृतिक बन्दै गएका छन् । बेलायतको लेसेस्टरस्थित नरबोरोह सडक दुनियाको सबैभन्दा बहुसांस्कृतिक विशेषतायुक्त बजार भएको सडक हो...

अनौठो देश: जहाँ हरेक पुरुषले बनाउनैपर्छ दुई श्रीमती, नत्र भोग्नुपर्छ जन्मकैद

हाम्रो देशमा बहुविवाह अर्थात् एक जनाभन्दा बढिसँग बिहे गैरकानूनी छ । दुनियाका धेरै देशमा कानूनतः बहुविवाह दण्डित छ । पहिलो श्रीमती हुँदाहुँदै कानूनमा उल्लेखित...

भोजको खाना मन नपरेपछि दुलाहाले गरे विवाह नै रद्ध

सनकको पनि सीमा हुन्छ । विवाह समारोहमा बेहुली पक्षले आयोजना गरेको भोजको खाना मन नपरेको भन्दै बेहुलाले विवाह नै रद्ध गरिदिएका छन् । सुन्दा...

हाते पम्पको पानीले नुहाउँदा कपाल खुइलिएपछि पूरै परिवार बन्यो मुडुलो

पानीले नुहाउँदा त जिउमा भएको मैला पूरै पखालिएर जिउ सफा बन्नुपर्ने हो । तर यदि जिउको मैलासँगै टाउकाको कपाल पनि खुइलिएर गयो भने के...

साँढेको सिङमा आगो लगाउने डरलाग्दो पर्व

स्पेन यस्तो देश हो जसको राष्ट्रिय खेल नै साँढे जुधाउने खेल हो । यहाँ साँढे जुधाउने देखि लिएर साँढे दौडाउने, साँढेलाई ढुंगाल हानेर मार्ने...

१९ औँ सताब्दीमा यसरी गरिन्थ्यो शल्यक्रिया, यस्ता छन् भयानक तस्वीरहरु

चिकित्सा क्षेत्रमा अहिले निकै प्रगति भैसकेको छ । चिरफार अर्थात् शल्यक्रिया पद्धति पनि सरल, सहज तथा कम विभत्स हुने गरेको छ । विरामीलाई लठ्ठाएर...

यी हुन् रुखका जराजस्तै हातखुट्टा भएका मानिस, अब छिटै हुँदैछ उपचार

तस्वीर साँच्चीकै डरलाग्दो छ । कुनै बनाबटी हो की भन्ने जस्तो पनि लाग्नसक्छ । तर यो यथार्थपरक घटना हो । बंगलादेशका एक अनौठो रोगबाट...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित