उमाकान्त पाण्डे गाउंले
दुबर्इ । बिदेशमा काम गर्ने अर्घाखाँचीवासीहरूले गाउँ गाउँमा शिक्षा अभियान सुरु गरेका छन् । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउँ घरमा रहेका बिद्यालयमा पुस्तकालय नभएका ठाउँमा स्थापना र भएको ठाउँमा ब्यबस्थापन गर्ने कार्यलाई उनीहरुले अघि बढाएका हुन् ।
बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन् । अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाँडाका राजु खड्का (हाल दुबइ)बाट संयोजनकारी भूमिका निभाइरहेका छन् । सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन, कतार, इजरायल, साउदी, कुवेत, ओमान, चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन् । त्यस्तै अमेरिका, अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन् ।
आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधि मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकासमा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि युवाहरु यस अभियानमा सकृय भएका हुन् ।
आफुहरु कार्यरत देशमा रहेको शिक्षाको स्तरियता र आफुले आफ्नो जिल्लामा भोगेका समस्यालाई अबका पुस्ताले भोग्न नपरोश भनेर उनीहरुले जिल्लाका बिद्यालयमा पुस्तकालय स्थापना गर्न लागेका हुन् । सुरुमा यस् अभियानलाई महत्वोकाक्षीं योजनाको रुपमा लिए पनि हाल अन्य युवाहरुको साथ र जिल्ला वासीको उत्साहजनक सहभागीताले यस् अभियानलाई जिल्लाका बिद्यार्थीको भबिश्य उज्वल बनाउन थप सहयोगी बनेको बिश्लेशण शिक्षाविदहरुले गर्न थालेका छन् ।
यस अभियान अन्तरगत सुरुमा जिल्लाका ४२ वटै गाविसमा रहेका मावी र निमावीमा पुस्तकालय ब्यबस्थापन गर्ने योजना रहेको अभियानका संयोजक राजु खड्काले बताए ।
अभियानका सम्योजक राजु खड्का अनुसार पहिले बिधालय प्रशासन र ब्यबस्थापन समिति सँग सल्लाह गरेपछि मात्र पुस्तकालयको ब्यबस्थापन सुरु गरिने छ । पुस्तकालय ब्यबस्थापना सम्बन्ध मा निम्न माध्यमिकमा करिब ५० हजार बराबरका आबश्यक पुस्तक तथा अतिरिक्तका सामाग्रीहरु बितरण गरिनेछ भने त्यसलाई ब्याब्स्थापना र प्राणालीगत गराउनको लागि एक कम्प्युटर समेत बितरण गरिनेछ।
यो अभियानमा ससक्त ढगंबाट अघाडी बढाउन परिक्षणको रुपमाडिभर्ना गाविसको बिजय माध्यामिक विद्यालयबाट अभियान सुरु गरिएको थियो ।अग्रेंजी महिनाको नयाँ बर्षको अबसर पारेर हाल बहराईनमा रहेर अर्घाखाँची प्रवासि समाजको बरिस्ठ उपाध्यक्ष पदमा रही सामाजिक काममा लागिरहेका डिभर्ना ३ जोगिमारेका युबराज खत्रीले आफ्नो सम्योजकत्वमा अभियानलाई डिभर्नामा सफल बनाएका हुन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4