+
+
Shares

नेप्से ८.९२ अंकले ओर्लियो, २९ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ९ गते १७:५४

९ असार, काठमाडौं । सोमबार नेप्से परिसूचक ८.९२ अंकले घटेर ९१७.५८ अंकमा झरेको छ । बैंक, होटल, हाइड्रोपावर र इन्स्योरेन्स कम्पनीको Nepseशेयर मूल्य घटेर किनबेच भएपछि समग्र नेप्से सूचक प्रभावित भएको हो ।

सोमबार बैंकिङ समूहको सूचक १४.२५ अंकले ओरालो लागेको छ भने हाइड्रोपावर समूहको सूचक ३६.२४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समुहको सूचक १३.५ अंक र इन्स्योरेन्स समूहको सूचक १.८१ अंकले ओर्लिएको छ ।

विकास बैंक समूह र फाइनान्स समूहको कारोबारमा भने सोमबार सुधार देखिएको छ । यी समूहको परिसूचक क्रमशः ०.४६ र १०.०३ अंकले उकालो लागेको छ ।

सोमबार नेपाल स्टक एक्स्चेञ्जमा २८ करोड ८५ लाख ६८ हजार रुपैयाँ बराबरको ११ करोड ८४ लाख १ सय ९८ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?