+
+
Shares

जेनेभा पुगेर भेनेजुएलाका विदेशमन्त्रीले मागे मदुरोको रिहाइ

कराकासमाथिको आक्रमण र त्यसपछि भेनेजुयलाका राष्ट्रपति अपहरणका बाबजुद पनि भेनेजुएलाले अमेरिकासँगको  मतभेद सुल्झाउन कूटनीतिक च्यानल खोल्ने निर्णय गरेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते २१:३२

११ फागुन, काठमाडौं ।  भेनेजुएलाका विदेशमन्त्री यभान गिल पिन्टोले अमेरिकी नियन्त्रणमा रहेका पूर्व राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइको माग गरेका छन् । सोमबार जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले पूर्वराष्ट्रपति मदुरो र उजकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गरेका हुन् ।

सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई अमेरिकी सेनाले दुई महिनाअघि राजधानी काराकसस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । ६३ वर्षीय मदुरोमाथि अमेरिकाले लागुऔषध ओसारपसारको आरोप लगाएको छ ।

‘सन् २०२६ जनवरी ३ पछि भेनेजुयला एक चरम गम्भीरताको मोडमा परिणत भएको छ । हाम्रो देशविरुद्ध गैरकानुनी सैन्य कारबाहीका कारण १०० भन्दा बढीको मृत्यु भएको छ भने मदुरो र उहाँकी पत्नीलाई स्वेच्छाचारी रूपमा हिरासतमा राखिएको छ,’ विदेशमन्त्रीले गिलले भने ।

कराकासमाथिको आक्रमण र त्यसपछि भेनेजुयलाका राष्ट्रपति अपहरणका बाबजुद पनि भेनेजुएलाले अमेरिकासँगको  मतभेद सुल्झाउन कूटनीतिक च्यानल खोल्ने निर्णय गरेको उनले बताए । ‘अधीनताबाट नभई राज्यहरूको सार्वभौम समानता र डरको माध्यमबाट नभई विश्वासका साथ एक मात्र सभ्य तथा न्यायिक मार्ग राष्ट्रहरूबीच संवाद हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?