Comments Add Comment

मीन थापा उत्कृष्ट रेफ्री

२३ असार, काठमाडौं । नेपाल तेक्वान्दो संघद्वारा आयोजित १४ औं विश्व तेक्वान्दो हान्मादाङ रेफ्री सेमिनारमा मीन थापा उत्कृष्ट घोषित भएका छन् ।

लगनखेलस्थित आर्मी शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा भएको सेमिनारमा सहभागी ४५ मध्ये थापा उत्कृष्ट चुनिएका हुन् । नेपालका ४३ र भारतका २ प्रशिक्षक सहभागी थिए । कुकिवनका जेनरल डाइरेक्टर प्रोफेसर ओह डाइ योङ चिफ सेक्रेटरी को वाङ मुन र एडमिनिस्ट्रेसन सेक्रेटरी सियो मिन हाकले प्रशिक्षण दिएका थिए ।

दुईदिने सेमिनार नेपालमा अर्को वर्ष हुने अन्तर्राष्ट्रिय हान्मादाङ प्रतियोगितालाई मध्यनजर राखि आयोजना गरिएको तेक्वान्दो संघले जनाएको छ । हान्मादाङ प्रतियोगिता दक्षिण कोरिया बाहेक अन्य कुनैपनि मुलुकमा हुन लागेको यो पहिलो अवसर भएको तेक्वान्दो संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment