Comments Add Comment

मिरोस्लाभ क्लोज बने विश्वकपका सर्बाधिक गोलकर्ता

Miroslav-Klose

२५ असार, काठमाडौं । जर्मनीका फवार्ड मिलोस्लाभ क्लोज विश्वकप फुटबलको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार विहान भएको ब्राजिलविरुद्धको सेमिफाइनलमा गोल गर्दै उनले रोनाल्डोको कीर्तिमान तोडेको हुन् ।

विश्वकपको २३ औं खेल खेलेका उनले २२ औं मिनेटमा गोल गरे, जुन विश्वकपमा उनको १६ औं गोल थियो । खेलपछि क्लोजले भनेका छन्-हामी एक टिम हौं र यो मैदानमा देखियो ।’

यसअघि समूह चरणा घानविरुद्ध गोल गर्दै ३६ वर्षीय क्लोजले रोनाल्डोको १५ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । तीन विश्वकप खेलेका रोनाल्डोले १९ खेलमा १५ गोलको कीर्तिमान बनाएका थिए ।

जर्मनीका लागि १ सय ३६ क्याप जितेका क्लोजले सर्वाधिक ७१ गोल गरेका छन् । क्लोजले जुन खेलमा गोल गरेका छन्, त्यो खेलमा जर्मनीले हार व्यहोर्नु परेको छैन ।

जर्मन प्रशिक्षक लोले क्लोजको प्रशंसा गर्दै उनी टोलीको असली भेट्रान भएको बताए । उनले क्लोजले बनाएको कीर्तिमान टोलीका अर्का सदस्य थोमस मुलरले मात्र तोड्न सक्ने बताए ।

इङल्याण्डका पूर्व खेलाडी रियो फर्डिनान्ड क्लोज गोलस्कोरर भएको बताउँछन् । २००२ मा पहिलो विश्वकप खेलेका क्लोजले साउदी अरेवियाविरुद्ध हृयाटि्रक गरेका थिए, जुन खेल जर्मनीले ८-० ले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment