Comments Add Comment

सरकारको आम्दानीभन्दा २ सय ५० प्रतिशत बढी खर्च !

२६ असार काठमडौं । सरकारले आम्दानी भन्दा ८७ अर्ब ७० करोड रुपैयाँ बढी खर्च (बजेट घाटा) ) गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । 

यो गत वर्षको २ सय ५४ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्ष सरकारले आम्दानीभन्दा २४ अर्ब ७१ करोड रुपैयाँ बढी मात्रै खर्च गरेको थियो ।

राजस्व तथा वैदेशिक अनुदान लगायत सरकारलाई प्राप्त हुने अन्य रकम समेतको आय सरकारको खर्चको तुलनामा कम भएको अवस्थालाई बजेट घाटा भन्ने गरिन्छ । लामो सयमदेखि नेपाल सरकारको आयभन्दा खर्च बढी छ ।

 आर्थिक वर्ष २०६८/०६९ मा सरकारी बजेट घाटा ३.२ प्रतिशतले बढेर ५१ ऋर्ब १८ करोड रुपैयाँ पुगेको थियो । तर, आर्थिक वर्ष २०६९/०७०मा ५१.७ प्र्रतिशतले घटेर बजेट घाटा २४ अर्ब ७१ करोड रुपैयाँ भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०६६/०६७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट घाटा १७.३ प्रतिशतले घटेर ४१ ऋर्ब १९ करोड रुपैयाँमा झरेको थियो ।

चालू आर्थिक वर्षमा न्यूनवित्त कुल ग्राहस्थ उत्पादन ४.५ प्रतिशत पुग्ने सरकारको अनुमान छ । गत वर्ष यस्तो उत्पादन १.५ प्रतिशत थियो । त्यसअघिको वर्ष न्यून वित्त कूल ग्रार्हस्थ उत्पादन ३.४ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment