Comments Add Comment

शुक्रवारका छापाका मूख्य समाचार

राजधानीबाट प्रकाशित सवै जसो दैनिक पत्रपत्रिकाले एमालेको नवौँ महाधिवेशनलाई नै प्रमुखताका साथ छापेका छन् । यसैगरी नेपालीकेा आय बढेको समाचारलाई पनि सवै पत्रिकाले महत्वका साथ छापेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले एमालेको निर्वाचनमा मतपत्रमै दुई प्यानल शीर्षकमा प्रमुख समाचार छापेको छ । यसैगरी धनी र गरिबवीचको खाडल झन् गहिरिएको समाचारलाई पनि प्रथम पृष्ठमै छापेको छ भने दामोदर बाजे पेले बनेपछि शीर्षकमा अर्को समाचार छापेकेा छ ।

यसैगरी नागरिक दैनिकले एमालेमा आज मतदान, २ सय पदमा ४ सय १५ उम्मेदवार शीर्षकमा मूख्य समाचार छापेको छ भने नेपालीको आय बढेको समाचार पनि पहिलो पृष्ठमै महत्वका साथ छापेको छ । यसैगरी काठमाडौँ उपत्यकामा जानाजान कालोपत्रे गरिउका सडक खनिने गरेको समाचारलाई पनि पहिलो पृष्ठमै छापेको छ ।

यसैगरी राजधानी दैनिकले एमालेको मतपत्रमै समूहगत उम्मेदवार शीर्षकमा मूख्य समाचार छापेको छ भने नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू कुनै पनि गुटलाई सहयोग गर्ने वताएको समाचारलाई पनि पहिलो पृष्ठमै छापेको छ ।

annapurna

karobar

nagarik

nepal-samachar-patra

Rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment