Comments Add Comment

बालोटेलीले कसलाई ताके बन्दुक ?

मैदानको होस् वा बाहिरको गतिविधिका कारण इटलीका स्ट्राइकर बेलाबेला चर्चा र विवादमा आइरहन्छन् ।

mario-baloteliपछिल्लो पटक बोलोटेलीले बन्दुक ताक्दै गरेको तस्वीर इन्टाग्राममा पोष्ट गरेका छन् ।

२३ वर्षीय बोलोटेलीले सत्रुका लागि ठूलो चुम्बन लेख्दै यस्तो तस्वीर पोष्ट गरेका हुन् । मारियो अहिले मियामीमा प्रेमिकासँग छुट्टी मनाइरहेका छन् ।

चार पटकको विजेता इटली विश्वकप फुटबलको समूह चरणबाटै बाहिएको थियो । बोलोटेलीले इङ्ल्याण्डविरुद्ध एक गोल गरेका थिए ।

घानाका बाबुआमा भएपनि पालेर्मोमा जन्मिएका बालोटेलीले २० औ जन्मदिनको दुई दिन अघि इटलीको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment