Comments Add Comment

जेम्स रोड्रिग्वेजले भने-आँखा चिम्लिएर रियल मड्रिड जान्छु

james-rodriguez

विश्वकप फुटबलबाट स्टार बनेका कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेजले मौका पाए स्पेनिस क्लब रियल मड्रिड जाने बताएका छन् ।

विश्वकपमा ६ गोल गरेका २२ वर्षीय रोडि्रग्वेजलाई आगामी फुटबल स्टारका रुपमा हेरिएको छ । स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा उनले भनेका छन्-‘रियल मड्रिडका लागि खेल्नु मेरो सपना हो । धेरै स्टारहरुसँग खेल्न पाउनु मेरो लागि सौभाग्य हुनेछ ।’

रियल मड्रिडले आफूप्रति इन्ट्रेस्ट देखाएको भन्दै उनले भनेका छन्-‘रियल मड्रिड जाने मौका आयो भने जान्छु ? कुनै शंका छैन मेरो जवाफ जान्छु भनेछ ।’ यसअघि आफू एक पटक रियल मड्रिडको रंगशाला सान्टिएगो पुगेको स्मरण गर्दै उनले भनेका छन्-‘मलाई लाग्छ यो अचम्मको रंगशाला थियो । जब मैले त्यहाँ पाइला टेकेँ, मैले सोचेँ कि म यहाँ खेल्न चाहन्छु ।’

रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई महान फुटबलर भन्दै उनले रोनाल्डोसँग खेल्न पाउनु गर्वको विषय हुने बताएका छन् ।

जेम्स फ्रान्सेली क्लब मोनाकोबाट खेलिरहेका छन् । ४५ मिलियनमा मोनाको गएका उनले ३८ खेलमा १० गोल गरेका छन् ।

जेम्सले विश्वकपमा आफूले राम्रो प्रदर्शन गरेको बताए । ‘तर मैले टोलीलाई फाइनलसम्म पुर्‍याउन नसकेकोमा पछुतो लागेको छ । यो एउटा यस्तो मौका थियो, जुन अब सहजै नआउन सक्छ । हाम्रो सपना अगाडि जाने थियो । जसका कारण विश्वकपबाट बाहिरिँदा म रोएँ ।’ विश्वकपमा राम्रो प्रदर्शन गरेको कोलम्बिया क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment