Comments Add Comment

मार्केटिङका लागि मेस्सीलाई गोल्डेन बल दिइयो : म्याराडोना

maradona-with-messi

अर्जेन्टिनी फुटबल लेजेन्ड डिएगो म्याराडोनाले मार्केटिङका लागि मात्र लिओनल मेस्सीलाई गोल्डेन बल दिएको बताएका छन् ।

विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएपनि मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डेन बल दिइएको थियो ।

गोल्डेन बल पाएसँगै मिडियाको केन्द्र बन्न पुगेका मेस्सीप्रति म्याराडोना भन्छन्-‘बिचरा केटो । मैले पनि यदि सम्भव भएको भए लियो -मेस्सी) लाई स्वर्ग नै दिन्थेँ होला । तर जसले जे कुरा पाउनु उपयुक्त थिएन त्यो केवल बजारीकरणको उद्देश्य मुताविक जिताउनु ठीक होइन ।’

उनले फाइनलमा अर्जेन्टिनाले व्यहोरेको हारले आफूलाई दुःखी बनाएको बताए । उनले भने-‘म आफ्नो देशका लागि दुःखी छु । गोटेजको गोलले साच्चै चोट पुर्‍यायो ।’ म्याराडोनाकै प्रेरणामा अर्जेन्टिनाले १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । तर, चार वर्षपछि उनै म्याराडोनासहितको टोलीलाई हराएर जर्मनी च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment