Comments Add Comment

विद्रोहीले विमान दुर्घटनाको प्रमाण मेटाएको युक्रेनको आरोप

aeroplane-crash-3

३ असार, काठमाडौं । रुस समर्थक विद्रोहीले मलेसियन एयरलाइन्सका विमान दुर्घटनाको प्रमाण मेटाउन थालेको युक्रेन सरकारले आरोप लगाएको छ ।

विद्रोहीले अन्तराष्ट्रिय पर्येवक्षकहरुलाई विमानको अवशेष भएको स्थानसम्म पुग्न पूर्ण छुट नदिएको सरकारले बताएको छ । युरोपेली सुरक्षा एवं सहयोग संगठन -ओएससीआई)का एक प्रवक्ताले पनि विमान खसेको स्थान आसपास हतियारबन्द लडाकूहरु रहेको र एकले हवाइ फायर समेत गरेकेा बताएका छन् ।

बिहीबार भएको दुर्घटनामा विमानमा सवार २९८ जनाकै मृत्यु भएको थियो ।

‘आतंकवादी’ले ३८ शवलाई विद्रोही नियन्त्रित डोनेस्क शहरको एक शवगृहमा लगेको युक्रेन सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्रोहीहरुले विमानको अबशेषहरु रुस लैजान लागेको युक्रेन सरकारको आरोप छ ।

साथै उसले अन्तराष्ट्रिय पर्यवेक्षकहरुलाई घटनास्थलसम्म पुग्न दिन रुसलाई दबाव दिन समेत आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment