Comments Add Comment

राष्ट्रिय वाणिज्य र नेपाल बैंकका ६१ शाखा पुनस्थापित

९ साउन काठमाडौं । शशस्त्र द्धन्द्धका क्रममा विस्थापित भएका सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका ६१ शाखाहरु पुनस्थापित भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ महिनासम्ममा राष्ट्रिय वाणिज्य बैंकका ३७ र नेपाल बैंकका २४ शाखा पुनस्थापित भएका हुन ।
राष्ट्र बैंकले वाणिज्य बैंकका ८ वटा र नेपाल बैंकका २ वटा शाखा पुनस्थापनाको चरणमा रहेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले द्धन्द्धका क्रममा विस्थापित भएका शाखा पुनस्थापना गर्न प्रोत्साहनको नीति अबलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment