Comments Add Comment

एक वर्षमै २५ लाख अबैध चल्ला नष्ट

१३ साउन, काठमाडौँ । गत आर्थिक वर्षमा भारतबाट अबैध रुपमा मित्र्याइएका करिब २५ लाख चल्ल नष्ट गरिएको छ । तराईका विभिन्न नाकाबाट भित्र्याइँदै गरेका ती चल्ला स्थानीय प्रशासन, पशु, क्वारेन्टाइन, नेपाल हृयाचरी उद्योग संघ लगायत सरोकारबालाको रोहबरमा नष्ट गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले भारतलाई बर्डफ्लु संक्रमित देशको सूचीमा राखेको छ ।आजको कारोबार दैनिकले समाचार छापेको छ । यस्तो सूचीमा पर्ने देशले कुखुराजन्य उत्पादन अन्य देशमा निर्यात तथा आयात गर्न पाउँदैनन् ।

तर यस्तो व्यवस्था लत्याउँदै खुला सिमानाको आडमा भारतबाट निरन्तर चल्ला आयात भइरहेको संघले जनाएको छ । १ वर्षअघि बर्डफ्लुका कारण सरकारले लाखौँको संख्यामा कुखुरा तथा चल्ला नष्ट गरेपछि यहाँको मागलाई लक्षित गरेर भारतबाट चल्ला भित्र्याई बिक्री गर्ने गिरोह नै सक्रिय रहेको उद्योगी बताउँछन् ।

सवैभन्दा चल्ल भित्रिने नाकामा नवलपरासी, वीरगञ्ज, पर्सा, सर्लाही, रुपन्देही, बारालगायत निल्लाका सीमाक्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment