Comments Add Comment

कलाकारको गोजीमा ‘एनसेल’को महंगो कार्ड, रातभरी नसुती आफ्नै गीत डाउनलोड

ncell-card

यतिबेला नेपाली सांगीतिक क्षेत्रका कलाकारहरुले नयाँ उपाय खोजी गरेका छन् । एनसेल मोबाइलमा रातभरी नसुती आफ्नै गीत बारम्बार डाउनलोड गर्ने काम नै सुरु भएको छ । यसो गर्दा आफ्नो गीत टप टेनको लिष्टमा आउने र यसले फाइदा पुग्ने वुझाई उनीहरुको छ ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार ५० हजारसम्मका रिचार्ड कार्ड कलाकारको झोलामा हुन्छ । उनीहरु आफ्नै गीत आफ्नो मोबाइलमा बारम्बार डाउनलोड गर्दै हटाउने गर्छन् । यसो गर्दा चाडो भन्दा चाडो आफ्नो गीत टप टेनमा देखिने र अन्यले पनि चाडै डाउनलोड गर्ने वुझाई उनीहरुको छ ।
यसले स्तरिय गीतलाई घाटा पुग्ने देखिन्छ । टप टेनमा आएका गीतलाई श्रोताले पनि उत्कृष्ट ठानी मोबाइलमा डाउनलोड गर्छन् । जसले गर्दा ५० हजार खर्च गरेर ३० हजार कमाउने ध्याउन्न कलाकारहरुमा देखिएको छ । यस्तो काम गर्नेमा नेपालका चर्चित लोक गीतका रचनाकारदेखि अन्य विधाका कलाकारसम्म छन् ।

गीत उत्पादक समाजका अध्यक्ष पदमबहादुर बुढाका अनुसार एनसेलले पीआरवीटी, आइभीआर, एमएमएसमा गीत राख्न मिल्ने तरिका एनसेलले नै बनाएकाले म्यूजिक व्यवसायिले यसलाई उपयोग मात्र गरेका हुन् । एनसेलसँगै अहिले यो तरिका एनटीसीमा पनि सरेको छ ।

अहिले मोबाइल कम्पनीका सीआरवीटी र पीआरवीटी लिष्टमा देखिएका गीत यसरी नै उत्कृष्ट १० मा आएको धेरैको भनाई छ । तर यस बिषयमा न त संगीत व्यवसायिहरु नै बोलेका छन् न त मोबाइल कम्पनीहरुले नै बोलेका छन् । एउटा गीत जतिपटक पनि डाउनलोड गर्न सक्ने भएकाले पनि यस्तो उपायको खोजी गरिएको हो । जसका कारण राम्रा श्रष्टा र गीत फेरि पनि ओझेलमा पर्ने संभावना बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment