Comments Add Comment

विदेशी चलचित्रकालागि गन्तव्य बन्दै नेपाल

१५ साउन, काठमाडौं । विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ । हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ हुन थालेका छन् ।
ग्त आर्थिक वर्ष २०७०/७१ म्ा नेपालमा ७८ वटा कथानक चलचित्र विज्ञापन डकुमेन्ट्री छायांकन भएका छन् । सूचना तथा सञ्चारमन्त्रालयको श्रव्यदृश्य शाखाका अनुसार अनुमति लिएर ७८ वटा विदेशी चलचित्र र विज्ञापन मुलुकका विभिन्न भागमा छायांकन भएको नागरिक दैनिकमा खबर छ ।
यसअन्तर्गत सरकारले विदेशी फिल्मबाट गत आर्थिक वर्षमा ३१ लाख ७० हजार रुपैयाँ आम्दानी पनि गरेको छ । सरकारले विदेशी चलचित्र, डकुमेन्ट्री तथा विज्ञापन छायांकन गर्न अनुमति शुल्कवापत १५ हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै माथिल्लो डोल्पा र माथिल्लो मनाङमा सुटिङ गर्नका लागि अनुमति शुल्क थप ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) लाग्ने प्रावधान छ । गत वर्ष चारवटा डकुमेन्ट्रीले थप ५ हजार डलर तिरेर माथिल्लो मनाङ र माथिल्लो डोल्पामा छायांकन गरेका थिए ।
अघिल्लो आर्थिक वर्ष हलिउड चलचित्र ‘एभरेस्ट’ देखि विश्वविख्यात अटोमोबाइल ब्रान्ड फक्सनवागनको टिगुआन गाडीको विज्ञापन पनि नेपालमै छायंकन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment