Comments Add Comment

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरुसँग आग्रह

१५ साउन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाललाई स्वदेशी तथा विदेशी लगानीको आकर्षक गन्तब्यस्थल बनाउने प्रयास थालिसकेको बताएका छन् ।

मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा बरसँगको भेटमा महतले लगानी तथा व्यापारसँग सम्वन्धित कानूनहरुमा सुधार गरी नेपाललाई एक आकर्षक गन्तब्यस्थलको रुपमा स्थापित गर्ने प्रयास थालिएको बताए ।

नयाँ सरकार आएपछि आर्थिक एजेण्डालाई अगाडि बढाइरहेको, विदेशी लगानीकर्ताहरु पनि उत्साहित भएर सोधखोज गर्न थालेको र सरकारले सन २०२२ सम्ममा कम विकसित स्तरबाट विकासशील मुलुकको स्तरमा पुग्न भौतिक तथा कानूनी सुधार व्यापक मात्रामा गरिरहेको उनले जानकारी दिए । नेपालमा जलबिद्युत विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने-‘नेपालमा उत्पादन भएको उर्जा नेपालले मात्र उपभोग गर्न सक्दैन । त्यसैले ठूलो बजार प्राप्तिको लागि भारतसँग उर्जा व्यापार सम्झौता हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका यो सम्झौता हुने सम्भावना रहेको छ ।’

जलविद्युतका साथै बन तथा खनिज, पर्यटन, कृषि जस्ता क्षेत्रमा पनि लगानी गरेर लाभ लिन सकिने भन्दै उनले लगानी गर्न विदेशी लगानीकर्ताहरु हिच्किचाउन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment