+

फिफा बरियतामा नेपाल दुर्इ स्थान तल झर्‍यो

२०७१ साउन  २९ गते १५:२१ २०७१ साउन २९ गते १५:२१
फिफा बरियतामा नेपाल दुर्इ स्थान तल झर्‍यो

२९ साउन, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रममा नेपाल दुर्इ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियता क्रममा नेपाल १ सय ६६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६४ औं स्थानमा थियो ।fifa

 सागमा आवद्ध देशहरुमध्ये शीर्ष स्थानमा रहेको अफगानिस्तान १ सय २९ औं स्थानमा यथावत छ । यस्तै माल्दिभ्स १ सय ४५ औं स्थानमा छ भने भारत एक स्थानमाथि उक्लिदै १ सय ५० औं उक्लिएको छ ।

 यसैगरी सात स्थान तल झरेको बंगलादेश १ सय ७० औं स्थानमा पुगेको छ भने श्रीलंका १ सय ७८ औं स्थानमा यथावत छ । एक स्थान माथि उक्लिएको पाकिस्तान  १ सय ६४ औं नम्बरमा छ । भुटान २ सय ८ औं स्थानमा कायमै छ ।

 फिफा बरियता विश्वकप विजेता जर्मनी शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो, नेदरल्याण्डस् तेस्रो, कोलम्बिया चौथो र बेल्जियम  पाँचा स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय