Comments Add Comment

वेटर तालिम र ककटेल मास्टर प्रकाशित

Waiter

काठमाडौं । युवा बेरोजगारीको समस्या दिन प्रतिदिन बढिरहेका बेला स्वदेश तथा विदेशमा होटल तथा रेष्टुरामा काम गर्न जाने युवाहरुको लागि लक्षित गरेर लेखक नुराराज कँडेल (नवराज) ले वेटर तालिम र ककटेल मास्टर नामक दुई कृति बजारमा ल्याएका छन् ।

उनका दुबै पुस्तकको शनिबार राजधानीमा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईश्वरी वाग्ले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

विमोचित कृतिबारे प्रमुख अतिथि वाग्लेले दुवै पुस्तकले रोजगारीको खोजीमा रहेका युवालाई एउटा मार्ग देखाइदिने विश्वास व्यक्त गरे ।

पुस्तकबारे प्रकाश पार्दै लेखक कँडेलले रक्सीको उपयोग र त्यसका असरबारे नेपाली समाजमा अझै भ्रम रहेको भन्दै यस भ्रमलाई चिर्न ककटेल मास्टर नामक पुस्तक सफल रहेको तथा रोजगारीको खोजीमा रहेका युवालाई वेटर तालिम पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पुस्तकबारे प्रकाश पार्दै अतिथि ताजा खबरका सम्पादक फणीन्द्र दाहालले कँडेलका यी पुस्तकले नेपालमा विद्यमान बेरोजगारी समस्या हल गर्न सहयोग पुग्ने बताए । दुबै पुस्तक ब्रदर बुक्स प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment