Comments Add Comment

सहवासका १० ‘टाउको दुखाइ’

sex

सम्भोगबाट बढि भन्दा बढि आनन्द प्राप्त गर्नका लागि महिला र पुरुष दुबैले सम्भोगलाई जित र हारको विषय बनाउन नहुने विज्ञहरु बताउँछन् । पुरुष वा महिलालाई यदि सहवासको मामिलामा आफ्नो कमजोरी महसुस हुनपुग्यो वा अरु कुनै विषयले आफ्नो मर्यादा वा सक्षमतालाई माथ दियो भने सहवास सन्तोषजनक बन्न सक्दैन ।

पुरुषहरु सहवासका मामिलामा बढि इखालु हुन्छन् भनिन्छ । आफु संसारकै सबैभन्दा शक्तिवान तथा आफ्नो सहवास दुनियाकै सबैभन्दा दमदार भन्ने दम्भ धेरै पुरुषमा हुने मनोविज्ञहरु बताउँछन् ।

त्यसैले यदि यो दम्भमा ठेस लाग्ने कुनै क्रिया, प्रतिक्रिया, घटना वा चिजहरु बिचमा आए भने पुरुषलाई सबैभन्दा धेरै तनाव हुन्छ । त्यस्ता चिज वा विषयलाई पुरुषहरुले आफ्नो यौन जिवनकै सत्रुको रुपमा लिन्छन् । के के हुन् त त्यस्ता सत्रु ?

१. यौन खेलौना – यौन खेलौनालाई पुरुषहरुले आफ्नो सबैभन्दा खतरनाक प्रतिस्पर्धी तथा सत्रु ठान्छन् । यसले आफ्नो यौनिकता, क्षमता, लिंगको आकार तथा सम्भोगको शैली र पार्टनरलाई सन्तुष्टि दिने मामिलामै गम्भीर प्रश्न उठाइदिएको ठान्छन् पुरुषहरु । यदि आफुबाट सन्तुष्ट नभएर पार्टनरले सेक्स टोय प्रयोग गरेमा आफ्नो हालत के होला ? भन्ने चिन्ता धेरै पुरुषहरुमा हुने बताइन्छ ।

२. शिघ्रपतन- यो पनि धेरै पुरुषहरुको टाउको दुखाइको विषय हो । विज्ञहरु भन्छन् यो समस्याबाट पीडितहरु आफ्नो कमजोरी लुकाउन सधै प्रयत्नशील हुन्छन् तर ढाँट कति दिन पो टिक्छ र ?

३. मुखमैथुन- धेरै पुरुषहरु सेक्सको मामिलामा स्वार्थी हुने विभिन्न खाले अध्ययनहरुले समेत जनाएका छन् । सम्भोगको सिलसिलामा पार्टनरले मुख मैथुन गरिदेओस् भन्ने चाहना पुरुषहरुले राख्छन् तर आफु मुखमैथुनका लागि भने तयार हुँदैनन् । पार्टनरले मुखमैथुनका लागि आग्रह गर्यो भने त्यसलाई कि त टारिदिन्छन् वा सम्भोगको सबैभन्दा ठूलो बोझको रुपमा ग्रहण गर्छन् ।

४. पोर्न फिल्म- धेरै पुरुषहरुले सम्भोगका बेला आफुलाई कुनै पोर्न फिल्मको हिरो ठान्छन् सुरुमा । तर जब सोही मुताविक केहीक्षण कस्सिन्छन् तब उनीहरुका नौनाडि गलिहाल्छन् । अनि आफैलाई निकै कमजोर तथा यौन सम्पर्कलाई निरस रुपमा लिन्छन् । त्यसैले आफ्नो यौन सम्पर्कलाई कुनै पोर्न फिल्मसँग दाँजेर सपना देख्ने बानी अर्को टाउको दुखाइको विषय हो ।

५.कण्डम- प्रायः पुरुषहरु कण्डम विना नै सम्भोग गर्न रुचाउँछन् । कण्डम प्रयोगका फाइदा थाहा हुँदाहुँदै पनि सहवासमा कण्डमको प्रयोग उनीहरुलाई लागि सबैभन्दा ठूलो सजाय जस्तो लाग्छ ।

६. जब उनले आवाजै निकाल्दिनन् वा बढि कराउँछिन्- पुरुषले सहवासका बेला प्रोत्साहन चाहन्छन्, खेलका बेला खेलाडिलाई समर्थकले बजाउने तालीजस्तै । त्यसैले सहवासमा महिलाले सन्तुष्टिसूचक आवाज निकाल्नु पुरुषका लागि उत्प्रेरक बन्दछ । तर महिलाको मौनताले पुरुषमा असन्तुष्टि र छटपटी बढाउँछ । त्यस्तै सहवासका बेला बढि चिच्याउने महिलाबाट पनि पुरुष दिक्क बन्दछन् ।

७. लिंगको आकारको कुरा- धेरै पुरुषहरु पार्टनरले आफ्नो लिंगको आकारबारे कुरा नगरुन् भन्ने चाहन्छन् । उनीहरुलाई लाग्छ, आफ्नो लिंग छोटो भएकाले आफुले पर्याप्त सन्तुष्टि प्रदान गर्न सकिरहेको छैन । लिंगको आकार जतिसुकै लामो भएपनि कुनैपनि पुरुषलाई त्यो पूर्ण लाग्दैन ।

८. पसिना- सम्भोग भनेको व्यायामको सबैभन्दा उत्कृष्ट रुप हो र यस क्रममा पसिना छुट्नु स्वभाविकै हो । तर पुरुषहरु पसिनाले भिजेको पार्टनरसँगको सहवासमा रुची राख्दैनन् ।

९.त्रिकोणात्मक प्रस्तुती- धेरै पुरुषहरु सम्भोग दुइ जना बीच मात्र होस् भन्ने चाहन्छन् एक पटकमा । दुइ पुरुष-एक महिला वा एक पुरुष-दुइ महिनाबीचको सहवासमा पुरुषले खासै रुची राख्दैनन् । दुइ बीचको सम्भोगमा तेश्रोले गर्ने क्रियाले पुरुषमा असन्तुष्टि पैदा गरिदिन्छ ।

१०. वान्स मोर- पुरुषहरु वान्स मोर को चुनौतिलाई सबैभन्दा ठूलो टाउको दुखाइ मान्छन् । एकपटकको सम्भोगपछि अर्को सम्भोका लागि तयार हुन पुरुषलाई केही समय लाग्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment