Comments Add Comment

बिश्व कीर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए (फोटो फिचर)

Nepali flag 13
७ भदौ, काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ ।
‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।
जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।

तस्वीरः प्रकाश माथेमा
तस्वीरः प्रकाश माथेमा

राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो ।
एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ ।
मानिसलाई मिलाएर झण्डा बनाउने कामको जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौं इन्जिनियररिङ क्याम्पसमा अध्ययनरत बिई तेस्रो वर्षका विद्यार्थीलाई दिइएको थियो ।

Nepal-Flag

nepal-Flag-2

nepal-Flag-3

 

Participants toss placards into the air after completing an attempt to break the Guinness World Record for the Largest Human National Flag at Tundhikhel in Kathmandu
We've done it! Nepalese celebrate their victory in breaking the record and show their dedication oh, oh, oh, dedication oh, oh, dedication, that's what they've got

Traffic moves past a field where Nepalese are participating in an attempt to break the record for the largest human national flag, in Katmandu, Nepal

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment