Comments Add Comment

सोलुखुम्बुमा कुकुरको स्थायी बन्ध्याकरण !

Dog११ भदौ, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण सुरु गरिएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या घटाउनस्थायी बन्ध्याकरण अभियान सुरु गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिए ।

आइतबारबाट सुरु अभियान अन्तर्गत मङ्गलबारसम्ममा खुम्जुङ गाविसका १० वटा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको पशु चिकित्सक तारामान तामाङले जानकारी दिए ।

खुम्जुङमा बन्ध्याकरण अभियान सकेपछि क्रमशः नाम्चे र चौरीखर्कका भुस्याहा कुकुरको पनि बन्ध्याकरण गरिने जनाइएको छ । घरपालुवा कुकुर बाटोमा छाडा नछोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले सूचनासमेत जारी गरेको छ ।

भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्दा निकुञ्ज क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु र पक्षीको सुरक्षा हुने विश्वास निकुञ्जले लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment