Comments Add Comment

अप्ठ्यारोमा जीवन र आर्यन

aryan-and-jivanनेपाली सिनेमाका दुई चर्चित नायकहरु यतिबेला अप्ठ्यारो र अन्यौलतामा घेरिएका छन् । सिनेमाको व्यापारले पार्ने प्रभाव चल्तीका कलाकारमा अझै धेरै देखिन्छ । नायक जीवन लुइटेलको करिब १ बर्षको अन्तरालाम २ वटा सिनेमा प्रदर्शनमा आए ।

गतबर्ष ‘विन्दास २’ को आंशिक सफलताले जीवनलाई खासै फाइदा भएन । चलचित्र ‘नाई नभन्नु ल २’ मा विशेष भूमिका गरेका उनलाई यसको सफलताको क्रेडिट गएन । तर यसबर्ष साउन र भदौ गरी लगालग प्रदर्शनमा आएका २ चलचित्र ‘शीशा’ र ‘ठूली’ले बक्स अफिसमा खासै चमत्कार नगर्दा जीवनलाई गाह्रो परेेको छ ।

यतिबेला जीवन २ सिनेमाको असफलताले केही सोच्न बाध्य छन् । उनलाई भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘स्टूपिड मन’मा आशा धेरै छ । यो सिनेमालाई पनि ‘कोहिनुर’ चलचित्रको व्यापारले असर गर्ने होकी भन्ने चिन्ता जीवनलाई छ ।

यो बर्ष मात्र उनका आधा दर्जन भन्दा धेरै सिनेमा प्रदर्शनमा आउँदैछन् । जसमध्ये उनलाई ‘स्टूपिड मन’मा सर्वाधिक आशा छ । ‘शीशा’ र ‘ठूली’को असफलतालाई ‘स्टूपिड मन’ले टार्नेमा विश्वस्त छन् जीवन ।
यता बर्षको सुरुवातमै चलचित्र ‘नोभेम्बर रेन’ चलेर राहतको सास लिइरहेका नायक आर्यन सिग्देलका लागि अन्यौलता अझै छ । आर्यनका असोज र कात्तिकमा २ वटा सिनेमा प्रदर्शनमा आउँदैछन् ।

असोजमा ‘नाइके’ र कात्तिकमा उनी ‘लज्जा’ मार्फत दर्शकमाझ आउँदैछन् । दुबै सिनेमाको व्यापारले उनको आगामी करिअरमा ठूलो अर्थ राख्छ । यसैले आर्यन यतिबेला दुबै सिनेमाको प्रचारमा ध्यान केन्दि्रत गरिरहेका छन् । दुइको विकल्प नहुँदा निर्मातालाई प्राय सिनेमामा आर्यन र जीवनलाई नै रोज्नुपर्ने अवस्था छ । यसकारण पनि दुई हिरोमा आफ्नो क्रेज बचाइराख्ने र बक्स अफिसमा दरिलो व्यापार गर्ने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment