+
+
Shares

गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते १८:१०

anju-panta
गायिका अञ्जु पन्तले क्रिश्चियन धर्म अंगालेको त सबैलाई थाहा नै छ । तर, उनले क्रिश्चियन भएपछि हिन्दुवादी शब्द भएको गीत नै गाउन छोडेकी छिन् । दशैको एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गीत गाउन नमानेकी हुन् ।

गीतकार सहदेव कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् ।

उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-‘मैले तपाई व्यवसायीक कलाकार हो । धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।

‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ ।

मालाश्री रेकडिङ स्टूडियोमा अञ्जु गीत गाउन पुगेकी थिइन् । अञ्जुले सहदेव कोइरालाको शब्दमा थुप्रै हिट गीत गाइसकेकी छिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?