Comments Add Comment

सेयर दलाल कम्पनीका कर्मचारीहरु संगठित, लेखनाथ पौडेल अध्यक्ष

३१ भदौ, काठमाडौं । देशभरका सेयर दला कम्पनी (ब्रोकर) का कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले लेखनाथ पौडेलको अध्यक्षतामा २३ सदस्यीय नेपाल स्टक ब्रोकर कर्मचारी एसोसिएसन गठन गरेका छन् ।

राजधानीमा मंगलबार सम्पन्न भएको देशभरका ५० ब्रोकर कम्पनीका कर्मचारीहरुको भेलाले उपाध्यक्षहरुमा टिका नारायण श्रेष्ठ, उज्जवल अर्याल, जनक रिमाल, सुमन पाण्डे चयन गरेको छ ।

त्यसैगरी सचिवमा शेखर ढुगांना, सहसचिवहरुमा कुमार पनेरु, अनिल दाहाल, बिरेन्द्र केसरी पौडेल, बिकास पोख्रेल, सुरेश मर्हजन, कोषध्यक्षमा महेश नेपाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा सागर खतिवडा, सानु तामाङ, मन्थन श्रेष्ठ, कृष्ण हुँमागाई, सुवास चुदाली, बिनोद लाखे, प्रदीप पराजुली, सुवास तिवारी, तुलसी याकामि, र बिशाल अधिकारी रहेका छन् ।

त्यस्तै भेलाले पुरुषोत्तम पराजुली, हिरा खतिवडा र राम प्रसाद घिमिरेे रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

समग्र पुँजी बजारलाई नै सन्तुलन कायम गर्न र सम्पूर्ण ब्रोकर कम्पनीका कर्मचारीहरुलाई एक ढिक्का बनेको अध्यक्ष् पौडेलले बताए ।

उनले देशभरका ब्रोकर कर्मचारीहरुलाई एकत्रित पार्न र ब्रोकर कम्पनीहरु बीच एकआपसमा समझदारी कायम गर्नका लागि कर्मचारी कोष पनि निमार्ण गर्ने जानकारी दिए ।

हाल देशभरका ५० वटा सेयर कारोबार गर्ने कम्पनीहरुले दैनिक ५० देखि ७० करोड सम्मको सेयर कारोबार गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment