Comments Add Comment

सुनकोशीले बगाएको जुरे-बाह्रबिसे सडक सुचारु

नानीराम नेपाल
JURE copy३१ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक राम्चेको इटनी भिर खसेर ४६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग मंगलबारदेखि सञ्चालनमा आएको छ ।

पहिरोले अरनिको राजमार्गको ड्यामदेखि जुरे सडक खण्ड अवरुद्ध गरेपछि ४६ दिनदेखि यातयात सञ्चालन हुन सकेको थिएन ।

सुनकोशीले कटान गरेको राजमार्ग पनि सडक विभागले निर्माण गरेपछि निजी क्षेत्रको पहलमा निर्माण गरिएको नयाँ सडकबाट मंगलबारदेखि मालबहाक कन्टेनरहरु समेत सञ्चालन भएका छन् ।

 नीजि क्षेत्रको पहलमा निर्माण गरिएको सडकको मंगलबार उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपराज पाण्डेले उद्घाटन गरे । उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य एवम सडक निर्माण समितिका संयोजक विष्णु खत्रीले भने-‘आज निजी क्षेत्रको पहलमा निर्माण भएको सडकमा यातयात सञ्चालन हुदाँ धेरै खुसी लागेको छ ।’ 

निजी क्षेत्रको पहलमा अवरुद्ध सडक निर्माण भएपछि त्यसको उद्घाटन गर्न पुगेका महासंघका अध्यक्ष पाण्डे लगायत सबैलाई गाडी चढाएर बाह्रविसेसम्म पुर्‍याइएको थियो ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि वैकल्पीक सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो । नेपाली सेनाले टेकानपुर गाविसको धारपानी, धुस्कुन हुदै बाह्रविसेसम्म सडकको ट्रयाक खोलेपनि यातायात सञ्चालन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment