+
+
Shares

दोहोरो अंकले बढ्यो नेप्से, साढे ४६ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३१ गते १५:५३

३१ भदौ, काठमाडौं । इन्स्योरन्स र बैंकको कारोबारमा सुधार आएपछि मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

nepse-2071-5-31मंगलबार नेप्से परिसूचक १०.४९ अंकले बढेर ९१९.९८ अंकमा पुगेको छ । सोमबार पनि नेप्से ७ अंकले बढेको थियो ।

नेप्सेमा कारोबार गर्ने बैंकिङ समुहको सूचक १५.०७ अंकले बढेको छ भने होटल समूहको सूचक ४.३६ अंकले बढेको छ । त्यस्तै, विकास बैंक समूहको ९.९५ अंक, फाइनान्स समूहको २.९१ अंक र इन्स्योरेन्स समूहको परिसूचक ४६.१३ अंकले बढेको छ ।

मंगलबार नस्पेसमा कारोबार गर्ने हाइड्रोपावर र अन्य समूहको परिसूचक भने ओारालो लागेको छ । हाइड्रोपावर समूहको ३२.८८ अंक र अन्य समूहको १.१८ अंकले सूचक ओरालो लागेको छ ।

मंगलबार ४६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको आठ लाख एक हजार २६५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?