Comments Add Comment

परीक्षामा फेल हुने किशोरीमा असुरक्षित सम्भोग उच्च

sexual-monotony

स्कुल बंक गर्ने, परीक्षामा अनुत्तीर्ण हुने तथा कण्डोम विना असुरक्षित यौन सम्पर्क गर्ने क्रियाकलापबीच हुने सम्बन्धका बारेमा भएको अनुसन्धानबाट अनौठो तर निकै गम्भीर तथ्यको खुलासा भएको छ ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयले १४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेर पढाइ त्याग्ने अर्थात् स्कुलबाट भाग्ने र परीक्षामा फेल हुने किशोरीहरुले बढी असुरक्षित यौन सम्पर्क गर्ने गरेको तथ्य पत्ता लगाएको हो ।

किशोरीहरुमा गरिएको यस प्रकारको पहिलो अध्ययनका क्रममा उनीहरुको स्कुलको दिनचर्या तथा उनीहरुको यौनिक सम्बन्धका बीचको अहम् सम्बन्धको खोजी गरियो ।

जर्नल अफ एडोलेसेन्ट हेल्थमा प्रकाशित शोधका अनुसार १० वर्ष लगाएर गरिएको अध्ययनबाट यस्तो गम्भीर निष्कर्षमा शोधकर्ताहरु पुगेका हुन् । त्यस क्रममा ३ सय ८७ जना किशोरीहरुका ८० हजार डायरीबाट रोमान्टिक तथा यौन सम्पर्क सम्बन्धी अनुभुतिको विश्लेषण गरी उनीहरुको व्यवहार बुझ्ने कोसिस गरियो । साथै उनीहरुसँग प्रत्यक्ष रुपमा समेत यौनिक व्यवहारको विषयमा कुराकानी समेत गरिएको थियो ।

शोधकर्ता टोलीका प्रमुख डेभन जे हेन्सलका अनुसार जो किशोरीहरु स्कुल बंक गर्छन् वा स्कुलको टेस्टमा फेल हुन्छन् उनीहरु बंक गर्दा वा फेल हुँदाको दिन कोही पुरुषसँग कण्डोम विना सेक्स गर्ने गरेको घटना निकै बढि मात्रामा पाइएको छ ।

शोधकर्ताहरुका अनुसार यौन सम्पर्कका बेला सावधानी अपनाउने किशोरीहरुको पढाइ लेखाइको स्तर सावधानी नअपनाउनेका भन्दा राम्रो पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment