Comments Add Comment

स्कुटीमा स्कट लगाएकै राम्रोः कोमल वली

जुहारीमा हरायौ भने गछियाको हे युवा तन्नेरी

बनाउन सक्ने छौ, तिम्रै आमाको बुहारी

होसियार,

हार्‍यौ भने कोमल वलिले लान्छे लतार लतारी…

Komal-oli-2तन्नेरी पुस्ताका दर्शकलाई पुगिहाल्यो । कोमल वलिको आवाज सुन्ने बित्तिकै हतारिइ हाले उनको गीत सुन्न । तालीको गड्गडाहट त कति हो कति । धन्न दोहोरी गाउने हिम्मत भने कसैले गरेनन् । कोमले नै आफ्ना विभिन्न गीत सुनाइन् ।

मोरङको सुन्दरपुर दुलारी नगरपालिकामा १० दिनसम्म चलेको गछिया महोत्सबमा पुगेकी कोमलले पोइल जान पाप लगायत दर्जनौ चर्चित गीत गाईन् भने नव गायिका ऋतु कर्णेलले पनि आफ्ना केही चर्चित गीत गाएर स्टेज तताएकी थिइन् ।

ध्रुवतारा युवा क्लबको आयोजनामा भएको कार्यक्रमा क्लबका अध्यक्ष प्रदिप लिम्बुलाई समेत सम्बोधन गरेर कोमलले गीत गाएकी थिइन् । आफ्नो हेयर स्टाइललाई ‘लेडीगागा’ शैलिमा ढालेर स्टेज पुगेकी कोमलले आम युवतिहरुलाइ उपदेश दिंदै भनिन सामाजिक विभेद बिरुद्ध पूर्वका छोरीहरु आफै जुटनुपर्छ ।

बलात्कार बिरुद्ध युवतिहरु जुट

युवतिहरु कमजोर भएकै कारण बलात्कारजन्य घटना बढेको भन्दै कोमलले युवतिहरुलाई भनिन ‘युवतिले आफुलाई कहिल्यै कमजोर नसोच बलात्कार बिरुद्ध अब हामी आफै जुट्नुपर्छ ।’

जंगलमा गएर काठ काट्ने मान्छेले पाएसम्म सोझो काठ काट्ने प्रसंग जोड्दै कोमलले भनिन् ‘हाम्रा युवतिहरु सोझो काठ जस्तै छन् । सधै सोझो भएर हुँदैन अबका युवतिहरुले ठाउँ अनुसार बाङ्गो हुन पनि जान्नुपर्छ ।’

सोझालाई जसले जहा पनि हेप्ने गरेको भन्दै पुर्वेली युवतिलाई सोझा नहुन आग्रह गरेकी कोमलले समाज परिवर्तनमा छोरीहरुको भुमिका धेरै हुने कुरा गरिन् ।

फेशनेवल त हुनैपर्छ

आफुलाई निकै फेशनेवल देखाउन चाहने कोमल आम युवति फेशनेवल हुनुपर्ने धारणा राख्छिन् । ‘फेशनमै झल्किन्छ ब्यक्तित्व त्यसकारण युवतिहरु फेशनेवल हुनै पर्छ ।’ उनले भनिन् ।

फेशनको महत्व भने नबिर्सन आग्रह गरिन् । कुन ठाउँमा कुन माध्यमवाट जान लागेको हो विचार गरेर मात्रै डे्रस छान्नुपर्ने भनाई थियो उनको ।

‘सार्वजनिक बसमा यात्रा गर्ने युवतिहरुले स्कट वा वानपिस लाउन हुन्न, किनकी त्यहा भिड हुन्छ । केटाहरुले तिघ्रामा चिमोटदिन सक्छन् ।’

स्कट र वानपिसले युवतिहरुलाई राम्री देखाउने भए पनि कस्तो ठाउँमा राम्री देखिने भन्नेमा आफै सचेत हुनुपर्ने धारणा राखिन् । आफ्नै स्कुटी वा कार छ भने वानपीस वा स्कट जे लगाएर हिंड्दा पनि फरक नपर्ने उनको भनाई थियो ।

‘युवतिहरुले बुझ्नुपर्छ । आफ्नै सवारी साधन छ भने जहा जे लगाउदा पनि फरक पर्दैन । तर, सार्वजनिक बसमा यात्रा गर्नेले विचार पुर्‍याउनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment