Comments Add Comment

लिङ्ग परिवर्तन गर्ने अन्जलीको चाहना

malvika-and-anjali
समाज परिवर्तनसँगै मानिसहरु आफ्ना चाहना र आवश्यकताका बारेमा पनि खुल्न थालेका छन् । यसैक्रममा, तेश्रो लिङ्गी अन्जली लामाको बिषयमा एक वृत्तचित्र तयार पारिएको छ । संचारकर्मी मोहन राइले तयार पारेको यो बृत्तचित्रको काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ ।

यो बृत्तचित्रले अन्जलीको पूर्ण केटी बनेर सूपरमोडल बन्ने चाहना व्यक्त गरेको छ । ट्रान्सजेन्डर अन्जलीले आफूलाई महिला बनाउन बक्षस्थलको सर्जरी गरिसकेकी छिन् । अब उनी चाहन्छिन् उनको लिङ्ग पनि परिवर्तन होस् । उनी लिङ्ग परिवर्तन गरेर पूर्ण रुपमा महिला बन्न चाहन्छिन् ।

करिब ३६ मिनेट लामो बृत्तचित्रमा अन्जलीको संघर्ष, समाजको उनीप्रतिको धारणालाई व्यक्त गरिएको छ । लिङ्ग परिवर्तनका लागि उनलाई १५ हजार डलर लाग्छ । उनी लिङ्ग परिवर्तन गरि पूर्ण रुपमा महिला बन्नका लागि आफूले जस्तो पिडा सहन पनि तयार रहेको बताउँछिन् ।

नुवाकोटको बिकट गाउँमा जन्मिएकी अन्जलीको बिषयमा तयार पारिएको बृत्तचित्र हेर्नका लागि कुमारी हलमा पूर्व मिस नेपालदेखि विभिन्न देशका अतिथीहरु कुमारी हल पुगेका थिए । अन्जलीलाई केटी बनाउने अभियानमा नर्वेजियन एम्बेसी, ब्लू डाइमण्ड सोसाइटी, मिलवे फिल्मस् र माउन्टेन रिभर फिल्मस्को सहयोगमा रातो कार्पेट विच्छाइएर बृत्तचित्र देखाइएको हो ।  anjali-lama

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment