Comments Add Comment

एसियाडको महिला क्रिकेटमा नेपालको खराब सुरुवात

५ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत महिला क्रिकेटमा पनि नेपालले खराब सुरुवात गरेको छ ।

आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ६५ रनको लक्ष्य मात्र १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । 

यसअघि पहिले व्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६४ रन बनाएको थियो । नेपालका लागि नर्या थाािले १८ र ममताकुमारी चौधरीले १७ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment