Comments Add Comment

अध्ययन भन्छ – घामले घटाउँछ आत्महत्याको दर

arms-in-sun

घमाइलो वातावरणमा बढि बस्ने मानिसहरुले आत्महत्या गर्ने खतरा कम हुने एक नयाँ अध्ययनले देखाएको छ ।
अस्टि्रयामा गरिएको अध्ययन अनुसार दिनमा बढि समयसम्म घाम लाग्ने समयमा आत्महत्याको दरमा कमी आएको पाइएको छ ।

सूर्यको प्रकाशले मानिसको मस्तिष्कको सेरोटोनिन हर्मोनसँग अन्तरक्रिया गर्ने र यसले उक्त हर्मोनसँग सम्बन्धित मानवीय व्यवहारलाई प्रभावित गर्दछ ।

सेरोटोनिन हर्मोनले मानिसको मूड तथा आवेग तथा व्यवहारहरुलाई निर्देशित गर्दछ जो आत्महत्या लगायतका घटनासँग सम्बन्धित हुन्छ ।

शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा आत्महत्याको दर तथा घाम लाग्ने समयबीचको सम्बन्धको विश्लेषण गरेका थिए र त्यसक्रममा घामको  मौसमी घटबढ तथा आत्महत्याको संख्यालाई गणितीय रुपमा हटाइएको थियो ।

सन् १९७० को जनवरी देखि सन् २०१० को मे सम्ममा भएका ६९ हजार ४ सय ६२ वटा आत्महत्याका घटनाको विश्लेषण गरिएको थियो । त्यसक्रममा हरेक दिन घाम लाग्ने समयको गणना विभिन्न ८६ वटा मौसम स्टेशनको अभिलेखबाट लिइएको थियो ।

त्यसक्रममा आत्महत्याको संख्या तथा आत्महत्याको दिन तथा त्यसको १० दिन अघिसम्म दैनिक घाम लाग्ने समयबीच प्रत्यक्ष अन्तरसम्बन्ध रहेको पाइयो ।  जबकी बढि घाम लाग्ने दिनमा १४ देखि ६० दिनसम्म नै घामको सकारात्मक प्रभाव रहेको र त्यसले आत्महत्याको दर घटाएको पाइयो ।
खासगरी महिलाहरुमा  घाम र आत्महत्याबीच बढि सम्बन्ध रहेको पाइएको छ । कम घाम लाग्ने दिनहरुमा महिलाहरुले बढि आत्महत्या गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment