Comments Add Comment

अमेरिकामा रहेका एमाले समर्थकबाट बाढीपीडितलार्इ १० लाख सहयोग

न्यूयोर्क । अमेरिकामा रहेका नेकपा एमालेका समर्थकहरुले नेपालका बाढि पिडितहरुलाई दश हजार अमेरिकन डलर सहयोग गरेका छन् ।

नेपालको बिभिन्न स्थानमा आएको बाढिबाट धेरै क्षती भएको भन्दै उनिहरुले सहयोग रकम पठाएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे मार्फत एमाले सर्मथकहरुले नेपालमा सहयोग पठाएका हुन् ।

सहयोग संकलन गर्नका लागि प्रवासी नेपाली मन्च अमेरिकाका सल्लाहकार समिति संयोजक भिम कार्कीको नेतृत्वमा बनेको राहत संकलन समितिले बिभिन्न राज्यमा रहेको एमाले शुभचिन्तकसंगबाट रकम संकलन गरेको हो ।

समितिले गरेको राहत संकलन मध्ये ५ हजार डलर शिकागोमा रहेका एमाले महाधिवेशन प्रतिनिधी टेकराज पौडेलले जम्मा गरेका थिए । न्यूयोर्कमा रहेका एमालेका अगुवा राधाकृष्ण देउजाका अनुसार प्रवासी नेपाली मन्चको दुई दिने साधारणसभा न्यूयोर्कमा सम्पन्न भएको छ ।

एमाले केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्चका अध्यक्ष सन्जय थापाले बार्षिक प्रतिवेदन, महासचिव प्रभु थापाले सांगठनिक र कोषाध्यक्ष शंकर पन्तले आर्थिक प्रतिवेदन पेश गरेका थिए । मन्चको साधारणसभाबाट मन्च भित्र रहेका सम्पुर्ण बिबादहरु अन्त्य गर्दै थप मजबुत भएर अगाडि बढ्ने निर्णय गरेको देउजाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment